चीनद्वारा दक्षिण सुडानलाई १ हजार ४० टन चामल सहयोग

एजेन्सी । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ ।

 

“चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने  सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,” दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 

 

सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङले भने, “चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोग जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो ।

 

“चीनले दक्षिण सुडानसँग कोभिड–१९ भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि निकै नजिकबाट सहयोग गरिरहेको बेला हामी भोकले आक्रान्त रहेका नागरिकलाई सहयोग गर्न यथासक्दो पहल गरिरहेका छौं,“ हूले भने । 

 

छ वर्षको गृहयुद्वका कारण प्रभावित दक्षिण सुडानमा गत हप्ताको अन्त्यमा कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति भेटिएका थिएभने अहिलेसम्म थप सङ्क्रमित व्यक्ति भने भेटिएका छैनन् । यहाँ कोभिड–१९ भन्दापनि अलिेसम्म गम्भीर खाद्यान्न असुरक्षा र कुपोषणको अवस्था रहेको भन्दै चीनले दक्षिण सुडानमा अन्य कार्यक्रमहरू पनि गर्दै आएको  यसलाई निरन्तरता दिने उनले बताए । 

 

चिनियाँ दूतले बेइजिङ्को दृढ समर्थन दक्षिण सुडानलाई दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सहयोग गर्नेमा रहने पनि बताए । 

 

“हामीलाई विश्वास छ कि शान्ति प्रक्रियाको निरन्तर प्रगतिका साथै दक्षिण सुडान र अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासले देशले अगाडि आउने चुनौतिहरूलाई पार गर्न सक्ने विश्वास लिएका छौँ ।”


थप समाचार

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 14 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 34 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।

रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।