IIMS College

ISMT

HUB Education

भ्रष्टाचारी कर्मचारीका कारण विकासको गति उँधो लग्दै आएको मुख्यमन्त्री भट्टकोे आरोप

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचरीका कारण देशमा विकासले गतिलिन नसकेको आरोप लगाएका छन् । डोटी चेम्बर अफ कमर्सले डोटीको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनमा मुख्यमन्त्री भट्टले देशमा जति विकास गर्ने कोशिस गरेपनि भ्रष्ट मानसिकता र भ्रष्टाचारी कर्मचारीका कारण विकासको गति उँधो लग्दै आएको बताएका हुन् । 

 

उनले भने, “कमिसन खोर र भ्रष्टाचारका कारण देश बदनाममित हुँदै गएको छ, भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ ।” मुख्यमन्त्री भट्टले गाउँ र समाजको विकास गर्नु छ भने आप्mनो सोच बदल्नुपर्ने समेत बताउनुभयो । सुदूरपश्चिम प्रदेशलाई विकासका पूर्वाधारले देशकै नमूना प्रदेश बनाउनेतर्फ आफू लागि परेको समेत मुख्यमन्त्री भट्टले बताए । 

 

उनले सुदूरपश्चिमको विकासको धरोहरका रुपमा रहेको राष्ट्रकै गौरवको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणका लागि प्रदेश सरकारले पहल चालेको र केही दातृ निकायले निर्माणका लागि चासो राखेको बताए । उनले भने, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ, उक्त कार्यक्रमले उपचार नपाएर कसैले पनि ज्यान गुमाउने छैनन् ।” 

 

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याउन तथा त्यहाँको प्रचारप्रसारका लागि प्रदेश सरकारले खप्तड झिग्रानासम्म पक्की सडक बनाउने योजना अघि सारेको उल्लेख गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले नेकपाकै सरकारका पालामा डोटीसहित समग्र सुदूरपश्चिमको विकास हुने बताए । 

 

‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव सञ्चालन गरेको हो । यही फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा रु एक करोडभन्दा बढीको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको बताइएको छ ।


थप समाचार

कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

  • 2 minutes ago
कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कति सम्पत्ति होला ? यसबारे कमैलाई मात्र थाहा हुनसक्छ । उनी एक चर्चित रियल स्टेट व्यवसायी हुन् । अमेरिकी राष्ट्रपति भएपछि उनको अर्कै छवि बन्न पुग्यो ।

दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

  • 18 minutes ago
दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

एजेन्सी । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार कोरोना भाइरसका कारण दक्षिण कोरियामा चार जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

  • 23 minutes ago
चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण २५९२ जनाको मृत्यु भएको छ । झण्डै ७८ हजार जना यो भाइरसबाट संक्रमित भएका छन् । चीन सरकारले भाइरस रोकथामका लागि विभिन्न प्रयास अपनाइराखेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।