चिनियाँ ठेकेदारहरु रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए

पुत्रजाय । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गरेका चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गरेका छन् । 

 

देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग  निर्माण कार्यलाई स्थगित गरिदिएका थिए । 

 

गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले “पूर्वी तटीय रेलमार्ग”  निर्माणलाई स्थगित गरेका थिए जसका कारण मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगको सम्बन्धमा चिसोपन आएको थियो । 

 

उक्त परियोजनाको निर्माणकर्ता चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी लिमिटेडले रेलमार्ग निर्माणको लागतमा करिब एक तिहाईले कटौती गरी १० अर्ब ७० करोड डलरमा सीमित गरेपछि निर्माण कार्य अघि बढाउन गत साता मलेसिया सरकार सहमत भएको थियो । 

 

प्रधानमन्त्री महाथिरले चिनियाँ कम्पनीलाई ५ अर्ब ३० करोड डलर क्षतिपूर्ति तिर्नुभन्दा रेलमार्ग निर्माणका लागि पुनः मध्यस्थता गर्नु नै ठीक रहेको आफूलाई लागेको बताउनुभयो । उहाँले भन्नुभयो– परियोजनाको कूल लागतमा ५ अर्ब २० करोड डलर न्यून हुनुको अर्थ पूर्व प्रधानमन्त्री नजिब रजाकको पूर्ववर्ती सरकारको बदमासी प्रष्ट भएको छ ।

 

उक्त रेल निर्माण परियोजना सन् २०१६ मा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको थियो । यो परियोजनाको अधिकांश लागत चीन सरकारले मलेसियालाई ऋणका रुपमा उपलब्ध गराएको छ ।

 

यो रेल परियोजनाको लागत अब प्रति किलोमिटर १ करोड ६७ लाख डलर हुनेछ । सम्झौता हुँदा यस परियोजनाको लागत प्रति किलोमिटर २ करोड ३२ लाख अमेरिकी डलर थियो । 

 

नयाँ सम्झौता बमोजिम, मलेसिया रेल र चिनियाँ रेल कम्पनीबीच ५०ः५० प्रतिशत हिस्सा रहने गरी नयाँ कम्पनी खडा गरिने पनि प्रधानमन्त्री महाथिरले बताए ।  

 

यद्यपी यो दोहोरो ट्रयाको रेलमार्ग परियोजनाको दूरी ४० किलोमिटर घटाइएको छ । अब रेलमार्गको लम्बाई ६४८ किलोमिटर हुनेछ । यो रेलमार्गमा २० वटा स्टेशन हुने र पाँच वटा राज्यलाई छिचोल्नेछ । परियोजना सन् २०२६ भित्रमा पूरा हुनेछ । 

 

रेलमार्ग निर्माणको कार्य अर्को महिनाबाट शुरु हुने अधिकारीहरुले बताएका छन् ।

 

प्रधानमन्त्री महाथिरले चीनले मलेसियाबाट पाल्म आयल खरिद गर्ने सम्झौता पनि भएको जानकारी दिए । 

 

महाथिर सरकारले राष्ट्रिय ऋणको बोझ बढेको भन्दै ठूला पूर्वाधार परियोजना रद्द गरेको वा लागत कटौती गरेको छ । भ्रष्टाचारका कारण विगतमा परियोजनाको लागत बढेको महाथिर सरकारको भनाई छ ।

 

रेलमार्गका अलावा मलेसिया सरकारले गत वर्ष दुई वटा चिनियाँ पहलमा अघि बढेका करिब २ अर्ब ३० अमेरिकी डलरको पाइपलाइन निर्माणको कार्य रोकेको थियो । उक्त परियोजनाका लागि ९० प्रतिशत रकम भुक्तानी भएपनि काम भने १३ प्रतिशतमात्र भएको पाइएको थियो । 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 6 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।