'मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ'

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१  लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छन् । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा देखिएको छ भने १० जना कोरोनालाई जितेर घर फर्किसकेको तथ्याङ्क रहेको छ । 

 

प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी  विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो । दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्वाब सङ्कलन गरी घर पठाइएको थियो । घर पठाइएको तीन दिनमा रिपोर्ट पोजेटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो  । 

 

संक्रमण देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको थियो  । अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनै कोरोना विजेता विकसँग प्रकाश मिश्रले गरेको कुराकानीः

 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ ? 

 

मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो । त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो । मैले हिम्मत कहिल्यै हारिन, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ । अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ । सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु । 

 

तपाईँ त उमेरले पनि तीन बीस कटेको मान्छे, अस्पतालमा डाक्टर तथा नर्सहरूको व्यवहार कस्तो पाउनुभयो ?

 

मैले खूबै राम्रो व्यवहार पाएँ अस्पतालका डाक्टर तथा नर्सहरूबाट । उहाँहरू मलाई राम्ररी आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो । आमा धेरै चिन्ता नगर्नुस्, तपाईँ सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो । मैले समग्रमा अस्पतालमा आफूप्रति गरिएको व्यवहार धेरै राम्रो पाएँ । डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट । 

 

शुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो ?

 

म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टाइनमा बसेँ । शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन । शुरुमा म धेरै डराएको थिएँ तर पछि लाग्यो, काल नआईकन कसरी मरिएला र ? त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर आएको छु । 

 

तपाईँलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लागेको थियो ? ककलाई सम्झनुभयो ?

 

ओहो, कुरै नगर्नुस्, कत्ति खुशीँ थिएँ भन्ने कुरा म भन्नै सक्दिन । मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउतालाई सम्झिएँ । माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन । मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ । 

 

तपाइँसँग त मोबाइल पनि छैन, अस्पतालमा कसरी बिताउनुभयो एघार दिन ?

 

क्या गरुँ बाबु, अस्पतालको कोठामा आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ  मैले अस्पतालमा आफ्ना दिनहरू । कहिले घर जान पाउँला जस्तो सोचेर बसिरहन्थेँ अस्पतालमा । एक्लै बस्दा मनमा नकारात्मक कुराहरू आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसेँ । 

 

अहिले अस्पतालबाट घर फर्किसकेपछि कसरी दिन बिताइरहनुभएको छ ?

 

अस्पतालमा त एउटै कोठामा थिएँ न्यास्रो पनि लाग्थ्यो तर यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु । बिहान उठेर आँगन लिप्छु , खाना पकाउँछु, खान्छु । घरमा अरू त सबै कुरा ठीक छ तर चर्पी छैन । त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ । चर्पी भएको भए धेरै दुःख हुँदैन थियो । बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु । मेरो एउटै चाहना छ अब चर्पी बनाउने ।

 

कोरोनालाई हराएर घर फर्किसकेपछि आफन्त, छिमेकीको व्यवहार कस्तो पाउनुभएको छ नि ?

 

सबैले राम्रै गरेका छन् । तपाईँ कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, तपाईँ ठिक भएर आएपछि सबै त्रास हराएको छ भन्छन् गाउँमा अहिले । कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन  भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरु । निकै खुशी लाग्छ आफन्त, स्थानीय तथा छिमेकीको व्यवहारप्रति । 

 

यो रोगलाई कसरी हराउन सकिँदो रहेछ नि ?

 

यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो । यो रोगलाई  सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ । हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि । म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।