IIMS College

ISMT

HUB Education

'अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको षड्यन्त्र हो कोरोना भाइरस'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । 

 

साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन ।

 

 तर, अमेरिकामा पनि कोरोना भाइरसका संक्रमितहरु बढी रहेको खबर बाहिर आएको छ  ।

 

रिपोर्टमा भनिएको छ,‘यस्तो खतरनाक भाइरसको विकास चीनमा मात्रै किन भयो । यस्ता भाइरस अमेरिका र इजरायल जस्ता देशमा किन भेटिएनन् ।  पहिला पनि उनीहरुले इजिप्टमा त्यस्ता भाइरसको विकास गरेका थिए । गरिब देश जुनमा उनीहरुको केही सम्बन्ध नै छैन त्यस्ता देशमा यस्ता भाइरसको विकास गरेर उनीहरुलाई फाइदा पनि छैन ।’

 

ती रिपोर्टहरुले अमेरिका र इजरायललाई आरोप लगाउँदै भनेका छन्,‘चीन र अरब देशहरुमा यो षड्यन्त्र आजको होइन । पहिला पनि गरिएका थिए । तर, यसबारे कमैको चासो जानुले उनीहरु थप बलवान बन्ने मौका पाए ।’

 

रिपोर्टमा भनिएको छ,‘जब इजिप्टले पोल्ट्रिफर्मका लागि आफु सक्षम रहेको र अन्यन्त्रबाट ल्याउन नपर्ने घोषणा गर्यो । केही समय पश्चात नै उक्त देशमा भाइरस देखियो । एभियन फ्लुका कारण इजिप्टको पोल्ट्री फर्म चरम संकटमा पुगेको थियो । इजिप्टले अमेरिका र फ्रान्सबाट ठुलो संख्यामा कुखुरा आयात गर्दै आइरहेको थियो । जब उ आफ्नै सक्षम भयो तब उसको देशमा फ्लुको समस्या देखियो ।’

 

रिपोर्टमा अगाडि भनिएको छ,‘सन् २००३ मा जब चीनले आफुसँग ठुलो पुँजी सञ्चित घोषणा गरेको थियो र विश्व अर्थतन्त्रमा प्रभाव राख्न सफल हुँदै थियो त्यसै वर्ष सार्स नामक भाइसले चीनलाई ठुलो नोक्सानी पुर्यायो । चीनको द्रुत विकासलाई उक्त भाइरसको विकास गरी रोक्न खोजियो । चीनलाई कमजोर बनाउन खोजियो ।’

 

सिरियाबाट प्रकाशित हुने अल–थरा दैनिकले लेखेको छ,‘कोरोना भाइरस अमेरिका–चीन युद्धको एउटा भाग हो । यसले निम्त्याउने विनाश भयानक छ ।’

 

‘इबोला, जिका, सार्स, एभियन लगायत अन्य भाइरसहरु यो सबै अमेरिकाले विकास गरेको भाइरसहरु हुन् । पछिल्लो समय विश्वलाई आफ्नो नियन्त्रणमा बनाउन वा धम्की दिन यस्ता भाइरसको विकास भइराखेको छ ।’

 

एक इजिप्ट न्युज साइट भेटोगेटले एउटा सिद्धान्तका आधारमा भनेको छ,‘चीनको वुहानलाई केन्द्र बनाएर किन कोरोना भाइरस फैलियो । रिपोर्टमा भनिएको छ,‘अमेरिकन उद्योगहरु यस्ता भाइरस निर्माण गर्न जहिले अग्रसर छन् । भिरुलेन्ट स्मलपक्स देखि बुबोनिक प्लेग भाइरसहरु पछिल्लो समय विश्वले देखिसकेको छ ।’ उक्त साइटले भनेको छ,‘ वुहान एक औद्योगिक शहर हो । तर, अन्य शहरभन्दा यो शहर चीन सरकारको त्यति महत्वमा परेको छैन । यो क्षेत्रमा अपराधका घटना घटाउन र रच्न विदेशीहरुलाई सहज हुने गरेको छ ।’

 

रिपोर्टमा भनिएको छ,‘गुञ्जाओ, बेइजिङ, टियानजिङ, हङकङ चीनका प्रमुख शहर हुन् । अन्य प्रमुख शहरमा आफ्नो प्रभाव नपर्ने भएका कारण उनीहरुले वुहान रोजेका हुन् ।’

 

चीनमा फैलिएको यो महामारीका कारण उपचार र औषधीमा ठुलो खर्च हुने र ती औषधीहरु इजरायलमा म्यानुफ्याकचरिङ हुने रिपोर्टमा उल्लेख छ । 

 

हालसम्म चीनमा यो भाइरसका कारण १०१८ जनाको मृत्यु भइसकेको छ भने ४४ हजार जना संक्रमित भएका छन् । 

 

 न्युज  स्रोत

अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको षड्यन्त्र हो कोरोना भाइरस

 


थप समाचार

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 18 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 23 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा

अचम्मको माछा !

  • 27 minutes ago
अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय ए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।