कोरोना भाइरसबारे बजारमा चलेका १० हल्लाहरु ?

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । हालसम्म विश्वभर ३८३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १० हजारभन्दा बढी यो भाइरसबाट संक्रमति भएका छन् ।

 

पछिल्ला समय मिडियाबाट पनि केही यस्ता गलत प्रचार भएका छन् जसले आम मानिसलाई थप त्रसित बनाएको छ । कोरोना भाइरसबारे फैलाइएका १० अफवाहहरु

 

१. जब मौसमको तापक्रम बढ्दै जान्छ तब कोरोना भाइरस पनि नष्ट हुन्छ । यस्तो हुने हालसम्म कुनै पनि प्रमाण फेला परेको छैन । गर्मी बढेसँगै भाइरस केही समयका लागि निष्क्रिय हुने गरेका छन् तर, पुर्ण रुपमा नष्ट हुँदैनन् । 

 

२. केही व्यक्तिहरुका अनुसार तातो पानीले नुहाउँदा कोरोना भाइरस नष्ट हुन्छ । कोरोना भाइरसबाट बच्न यो एउटा उपाय हो तर, कोरोना भाइरस लाग्दैन भन्नु चाँहि मुर्खता हो । दैनिक सफा र स्वस्थ रहनका लागि नुहाउनु राम्रो कुरा हो । तर, कोरोनाको चपेटा आउने सम्भावना भने यसले टार्दैन ।

 

३. मानिसहरुका अनुसार चिनियाँ सामानका कारण पनि कोरोना भाइरस फैलिइरहेको छ । यस कुरामा पुर्ण सत्यता रहेको छैन । लामो समयसम्म भाइरस टिकिरहन सक्दैन । तर, यसमा मौसमको अवस्था पनि उत्तिकै असर पार्ने बताइन्छ । 

 

४. केही व्यक्तिहरुका अनुसार शरिर भरी रक्सी छरेर कोरोना भाइरसबाट बच्न सकिन्छ । तर, तपाईको शरिरमा पहिला नै कोरोना भाइरस छ भने रक्सी छर्केर कसरी भाइरस भगाउन सक्नुुहुन्छ ? 

 

५.  जनावरबाट पनि कोरोना भाइरस फैलिन सक्ने हल्ला पनि उत्तिकै चलेको छ । तर, यो हालसम्म प्रमाणित हुन सकेको छैन । 

 

६. निमोनियाको उपचारका लागि प्रयोग गरिएको औषधिले कोरोना भाइरसलाई पनि नियन्त्रण गर्न सकिने हल्ला चलेको छ । यो भाइरस नितान्त नयाँ भएका कारण नयाँ भ्याक्सिन चाहिने वैज्ञानिकहरुको भनाई रहेको छ । 

 

७. शरिरमा प्रतिरोधात्मक क्षमता वृद्धि गरेर यो भाइरसबाट बच्न सकिन्छ भन्ने भ्रम पनि उत्तिकै रहेको छ । यसका लागि होमियोप्याथी, एलोपेथिक औषधि प्रयोग गरेको हल्ला पनि उत्तिकै छ । यो अफवाह मात्रै हो । कोरोना भाइरसबाट संक्रमतिको ज्यान जोगाउन सकिन्छ तर, यसको विधि र प्रक्रिया फरक रहेको छ । 

 

८. विश्वभर माक्सको सरटेज भएको छ । माक्स लगाउँदैमा कोरोना भाइरसबाट जोगिन सकिदैन । यसका लागि स्वस्थ वातावरणमा ध्यान दिनु आवश्यकता रहेको छ । 

 

९. केही मानिसहरुले अण्डा र चिकन खान बन्द गरेका छन् । तर, कोरोना भाइरस मानिसबाट मानिसमा खोँकी वा हाँछिउबाट मात्र सर्छ । 

 

१०. कोरोना भाइरसबारे विभिन्न औषधिको चर्चा चलेको छ । तर, हालसम्म कोरोना भाइरसको औषधि वा भ्याक्सिन बनेको छैन । 

  

 

 

 


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 2 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 15 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।