IIMS College

ISMT

HUB Education

डरले औषधि पसल नै बन्द गरेपछि...

  • बिहीबार, १३ चैत, २०७६
  • 5 days ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिए । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए ।

 

“कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भने ।

 

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए । “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उनले भने ।

 

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताए । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उनले पनि औषधि पसल सञ्चालन गर्नुभएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

 

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए÷नभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताए ।

 

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।

 

लकडाउन उल्लङघन गर्ने ११ नियन्त्रणमा, ६ जना क्वारेन्टाइनमा

 

पश्चिम नवलपरासीमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

 

सरकारले घोषणा गरेको लकडाउन सफल पार्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पु¥याउन खोजेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले राससलाई जानकारी दिए । उनीहरुलाई सम्झाएर छाडिने उहाँले जानकारी दिए । लकडाउनको पहिलो दिन मङ्गलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मङ्गलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । दोस्रो दिन बुधबार पश्चिम नवलपरासी सुनसान बनेको छ ।

 

यसैबीच भारतबाट लुकिछिपी नेपाल आएका तीन जनालाई बुधबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको तोनवानाकाबाट पैदल आउँदै गरेको अवस्थामा पश्चिम नवलपरासीको सुनवल, पाल्पा र चितवनका गरी तीन जनालाई सुनवलस्थित जर्गाहा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । उनीहरु भारतको मुम्बइमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी विभिन्न तेस्रो मुलुकबाट आएका अन्य तीन जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ । तेस्रो मुलुकबाट आउने व्यक्तिको खोजी गर्दै उनीहरुको स्वास्थ्य अवस्थाअनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको आचार्यले बताए ।


थप समाचार

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 5 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन

मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

  • 12 minutes ago
मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’को अवधि बढाएको छ । यसक्रममा काठमाडौँ उपत्यकाका धेरै सर्वसाधरणहरु घरभित्रै बसिरहेका छन् । तर, केही भने अत्यावसेक कामको कारण बा

कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

  • 33 minutes ago
कोरोना फैलिएमा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सास गन्हाउने समस्या छ भने...

सास गन्हाउने समस्या छ भने...

अधिकांश मानिस निहान एक पटक मात्रै दाँत माझ्ने गर्छन् । कम्तिमा दिनमा दुई पटक दाँत माझ्नुपर्छ । विहाने उठेपछि र राति सुत्नुअघि दाँत माझ्ने गरियो भने सास गन्हाउने समस्या हल हुन्छ ।

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।