गृहपृष्ठ ∕ नेपाल ∕ महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइतेमहोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २ गते, १७:३० मा प्रकाशित नेपाल साङ्केतिक फोटोमहोत्तरी । गौशालानगरपालिका– ३ पचाईन टोलमा आज शुक्रबार करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको विजलीको नाङ्गो तारबाट उनीहरुलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएकी छिन् ।उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ । हाल उनीहरु स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । #महोत्तरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal