कोरोनाबारे जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा

काठमाडाैँ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थितगर्न शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ । कोरोनाभाइरसका बारेमा सहीजानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

 

स्वास्थ्यमन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, सूचना र ज्ञान सीप आदानप्रदानगर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।

 

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको बिषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदन प्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ’ उनले भने ।

 

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सरकारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।

 

डाँफे हेल्थ डकटकम लगइन गरे पछि कोभिड १९ माक्लिक गरेर डाइरेक्ट लगइन माक्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

 

उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वास्थ्यकर्मीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताए ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।