सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

एजेन्सी । जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अन्त्यदेखि घोषणा गरेका कफ्र्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने बताएको छ ।

 

जोर्डनमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या फैलिने क्रम बढ्न थालेपछि यहाँ राष्ट्रव्यापी कफ्र्यू आदेश जारी भएको हो ।  जोर्डनमा आइतबारसम्म सङ्क्रमितको सङ्ख्या ३२३ पुगेको छ भने यो भाइरस सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।

 

“सशस्त्र तथा अन्य प्रहरी बलले ड्रोन र सीसी क्यामेराजस्ता आधुनिक प्रविधिको प्रयोग गरेर कफ्र्यू आदेश उल्लङ्घन भए नभएको अनुगमन गर्नेछन्,” जोर्डनका सूचना सहायक मन्त्री अम्जाद अल–अदाल्लेले नियमित पत्रकारसम्मेलनमा भने ।

 

सरकारका प्रवक्तासमेत रहेका अदाल्लेले भने, “सङ्क्रमण फैलिन नदिन अख्तियार गरेका उपायलाई कसैले उल्लङ्घन गरेमा कडा कानुनी कारबाही गरिनेछ ।” 

 

जोर्डनका अधिकारीले दिएको जानकारीअनुसार कफ्र्यू आदेशको उल्लङ्घन गरी सडकमा निस्किने एक हजार ६०० व्यक्तिलाई आइतबारसम्म जोर्डनले पक्राउ गरेको र उनीहरूलाई कडा दण्ड तथा सजायँ दिइने बताएका छन् ।

 

जोर्डनले देशको राजधानी र सबै प्रान्तलाई कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै पूर्णतया बन्द गरेको छ । जोर्डनमा यस पहिले देखिनै विद्यालय बन्द भएका छन् भने सहर तथा ग्रामिण वस्तीमा समेत सार्वजनिक जमघट गर्नमा रोक लगाइएको छ ।


थप समाचार

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 20 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 44 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 59 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।