अष्ट्रेलियाले सृजना गर्यो नयाँ कोरोना भाइरस, उपचार विधि पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा

सिड्नी । अष्ट्रेलियाले चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरि नयाँ कोरोना भाइरस बनाएको छ । यस नयाँ कोरोना भाइरसको सृजनालाई वैज्ञानिकहरुले ‘ब्रेक थ्रु’ भनेका छन् ।

 

अष्ट्रेलियाका वैज्ञानिकहरुको सृजना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउने भएका छन् । उक्त भाइरसको सृजनाले उपचार विधि पनि पत्ता लगाउन सहयोग पुग्ने विश्वास लिइएको छ । मेलबर्नमा रहेको विशेषज्ञ प्रयोशालामा बनाइएको नयाँ कोरोना भाइरसमाथि अध्ययन गरेर त्यसबाट बच्ने उपायहरुको खोजी हुनेछ । चीनका वैज्ञानिकले पनि भाइरस सृजना गरेको भए पनि डब्लुएचओलाई भाइरस नै उपलब्ध गराएका थिएनन् । उनीहरुले सो भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएका थिए ।

 

चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १३२ जनाको ज्यान गएको छ भने ६ हजारभन्दा बढी संक्रमित भएका छन् । अष्ट्रेलियामा पनि ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 6 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 6 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 6 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।