IIMS College

ISMT

HUB Education

बाँकेको डेरी उद्योग सङ्कटमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परागत रुपमा घरमै पुर्याउने गरेको ‘काँचो दूध’ खरिद गर्न मन पराउछन् । “घरमै ल्याई दिन्छन्, प्याकेटको दूधभन्दा बाक्लो हुन्छ र मूल्य पनि डेरी दूधभन्दा सस्तो हुने भएकाले काँचो दूध नै खरिद गरिहेका छौँ”, नेपालगञ्ज—१३ शान्तिनगरका सपना चापागाईँको भनाइ छ ।

 

तथ्याङ्कअनुसार, बाँकेमा साना, ठूला गरी डेरी उद्योगको सङ्ख्या ४५ छ । यी उद्योगबाट दैनिक २० हजार लिटरभन्दा बढी दूध प्रशोधन भई बजारमा पुग्ने गरेको छ । तथापि, उत्पादनको तुलनामा बिक्री नहुने गरेको गुनासो यसका उद्योगीहरुको रहेको छ । “दूधका आम उपभोक्तालाई प्रशोधित दूधको महत्व र काँचो दूधले पुर्याउने हानीबारे सचेतना जगाउन सकिएन भने डेरी उद्योग उभो लाग्न सक्दैन”, जिल्ला दुग्ध व्यवसायी सङ्घका अध्यक्ष बदरुद्दिन अन्सारीको भनाइ छ ।

 

डेरी उद्योग बाँकेमा बढ्दै गए पनि यसका व्यवसायीहरु भने त्यति सन्तुष्ट हुन सकेका छैनन् । नेपालगञ्जमा उपभोक्ताले खुलारुपमा बिक्री हुने काँचो दूध मन पराउने हुँदा डेरीबाट उत्पादित दूधको माग बढ्न सकेको छैन ।  डेरीको प्याकेजिङ गरेको दूध प्रयोग गर्नका लागि स्थानीय तहले सचेतना जगाउनुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ ।

 

बाँकेको नेपालगञ्ज, खजुरा कोहलपुरलगायतका ठूला बजारमा खुल्ला दुग्ध बिक्री गर्नेहरुको वर्चस्व रहेको छ । दैनिक सयौँको सङ्ख्यामा खुल्ला दूध बिक्री गर्ने किसान, बिचौलिया, दुग्ध व्यवसायीहरु देखिन्छन् । यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । सरकारी निकायले खुल्ला दूध बिक्रीको रोकथामका लागि ठोस पाइला चाल्नुपर्ने उपभोक्त हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात ठकुरीले बताए । 

 

यो जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँ दैनिक २० देखि २५ हजार लिटर दूध खपत् हुने गरको छ । बजारमा अहिले २० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रतिलिटर खुल्ला दूध बिक्री भइरहेको छ । दुग्ध डेरी व्यवसायीले भने ७० रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेका छन् । दूधको माग बढ्दै गए पनि गुणस्तरमा भने सरोकारवाला निकाय मौन देखिन्छ । उपभोक्ताले निर्धक्क भएर दूध खानुपर्ने अवस्था छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक नेत्र बोगटीका अनुसार बजारमा खुलारुपमा बिक्री हुने दूधको नेपाल सरकारको मापदण्डअनुसारको गुणस्तर छैन ।

 

दूध खानु स्वास्थ्यका लागि लाभकारी हुन्छ । स्वस्थ र स्वच्छ दूध पिउनका लागि ‘गोठदेखि ओठसम्म’ को सरसफाइ हुनुपर्छ । दूध डेरीमा ‘पास्चराइजेशन’ गरेको प्याकेटको दूध खानु आवश्यक हुन्छ । यो कुरा आमउपभोक्तालाई बुझाउन ढिला गर्नु हुँदैन ।


थप समाचार

बोइङको कारखाना अनिश्चितकालीन बन्द

  • 10 minutes ago
बोइङको कारखाना अनिश्चितकालीन बन्द

एजेन्सी । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

  • 26 minutes ago
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।

२० वर्षीया अनिता वनको गोली हानी हत्या

  • 36 minutes ago
२० वर्षीया अनिता वनको गोली हानी हत्या

काठमाडौँ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।