Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलअफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई ६९ रनले हरायो

अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई ६९ रनले हरायो


काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो ।

दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वुडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०÷१० रन बनाए

बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन÷तीन तथा मोहम्मद नवीले दुई विकेट लिए ।

यसअघि अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने । राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए ।

बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT