IIMS College

ISMT

HUB Education

विश्वका ५ खतरनाक अपराधीहरु र तिनका जेल सजाय

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामान्यतया जहाँ मानिस मुश्किलले १०० वर्ष बाँच्न सक्दछ, त्यहीँ यदि कुनै अपराधीलाई अदालतद्वारा हजारौं–लाखौं वर्षको सजाय सुनाएमा तपाईलाई अचम्म लाग्न सक्छ । आज यसै सन्दर्भमा केही यस्ता अपराधिहरुको बारेमा चर्चा गरौं जसलाई अदालतले हजारौं–लाखौं वर्षको सजाय सुनाइएको थियो । 

 

स्पेनका २२ वर्षीय पोस्टम्यान गाव्रीयल मार्च ग्रानाडोसलाई सन् १९७२ मा ३ लाख ८४ हजार ९ सय १२ वर्षको सजाय सुनाइएको थियो । उसलाई ४० हजार भन्दा बढी पत्र र पार्सल डेलिभर नगरेको दोषी पाइएको थियो । अदालतले प्रत्येक पत्र र पार्सलको बदलामा ९–९ वर्षको सजाय सुनाएको थियो । यद्यपी पछि उसको लाखौं सालको यो सजाय घटाएर १४ वर्ष गराइएको थियो । 

 

थाइल्यान्डकी चमोए थिप्यासो नामकी महिला विश्वको सबैभन्दा लामो सजाय पाउनेमध्ये एक हुन् । उनलाई सन् १९८९ मा अदालतद्वारा १ लाख ४१ हजार ७८ वर्षको सजाय सुनाइएको थियो । उनलाई एक पिरामिड स्कीममा १६ हजार २ सय ३१ मानिसहरुलाई करीब ३१ करोड रुपैयाँ चुना लगाएको दोषी पाइएको थियो । 

 

स्पेनको साजधानी मड्रिडमा सन् २००४ मा भएको रेल विष्फोटमा सम्मिलित आतंककारी मध्येका एक आतंकी अथम्यान अल नाओइलाई अदालतले ४२ हजार ९ सय २४ वर्षको सजाय सुनाइएको थियो । जबकी उनको साथी जमाल जोउगमलाई ४२ हजार ९ सय २२ वर्षको सजाय सुनाइएको थियो । यद्यपी स्पेनिस कानुन अनुसार ४० वर्षभन्दा बढी जेलमा राख्न सकिँदैन । 

 

सन् १९९४ मा अमेरिकी राज्य अल्बामा बस्ने चाल्र्स स्कट रोबिन्छन् नामका व्यक्तिले अदालतमा जबरजस्ती करणीको आरोपमा ३० हजार वर्षको सजाय सुनाइएको थियो । 

 

सन् १९९४ मा एलन वेन म्याकलरिन नामका व्यक्तिलाई कैयौं घटनामा दोषी ठहराउँदै जम्मा २१ हजार २ सय ५० वर्षको सजाय सुनाइएको थियो । उनलाई करणीको आरोपमा ८ हजार वर्ष, अप्राकृतिक सम्बन्ध बनाएकोमा ८ हजार वर्ष, अपहरणको आरोपमा १७५० वर्ष तथा खतरनाक हातहतियारको हमलामा संलग्न भएको आरोपमा १५ सय वर्ष र लुटपाटको आरोपमा ५–५ सय वर्षको सजाय सुनाइएको थियो । 

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 54 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।