घाँस काट्न जाँदा भिरबाट खसेर महिलाको मृत्यु

सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । 

 

शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए । शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ । 

 

त्यसैगरी साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका–५ सोतखोला निवासी लीलाराम भण्डारीका ३ वर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखोला भन्ने स्थानमा मृत फेला परेका थिए । फेला परेको शवको परीक्षण र सतगदका लागि आफन्तलाई बुझाइएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको जनाइएको छ । 


थप समाचार

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 8 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 13 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

  • 22 minutes ago
शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिम



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।