IIMS College

ISMT

HUB Education

'धनमा हैन, मनमै हुन्छ सुखको साँचो '

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

यदि तिमी आफ्नो गल्ति स्वीकार्न सक्दैनौ या स्वीकार्ने प्रयास गर्दैनौ भने यो नै तिम्रो ठुलो गल्ति हो । यसले तिमीमा परिवर्तन ल्याउन दिदैन– चाणक्य 

 

सुख र धनलाई मानिस तराजुमा जोख्छ । अनि धनलाई नै सुखको पर्याय दिन्छ । यदि धन सुखको पर्याय हो भने धनी दरबारहरू कुन दुःख हुन्छन् । तपाईंलाई पनि म गरिब छु भन्ने लाग्छ भने तपाईंको गरिबी अब एक मिनेटमै मेट्न सकिने छ, मात्र यी शब्दहरूलाई आत्मसाथ गर्नुहोस् । धन, वैभब तपाईं भित्रै निहित छ मात्र यसलाई मथ्नु छ केवल सचेत चिन्तनले ।

   

धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । कि त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर, यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

 

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । बुद्ध समयको यो प्रसँङ्ग आज पनि उत्तिकै सान्दर्भिक छ । जसले गरिबी केही मिनेट मै टाढा हुनेछ नफर्कने गरी  परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।

 

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला पारेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ–आफ्ना दुःख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

 

म किन गरीब ?

त्यसैक्रममा एक दुःखी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक–एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।

 

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र शालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम ग¥यो अनि प्रश्न अघि सा¥यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

 

उसले आश्चर्य मान्दै प्रतिप्रश्न ग¥यो, ‘म सँग केही हुनु पनि त प¥यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान–बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंशा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

 

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।

 

त्यसैले, आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ । छब्बीस सय वर्ष अघि एउटा बयल गाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालकबाहेक चारजना अरु सवार थिए– तीन सामान्य मान्छे र रक्सीले पुरै मात्तिएको एक रक्स्याहा पनि । अचानक गाडा चिप्लेर भीरबाट खस्यो । उक्त दुर्घट्नामा रक्स्याहाबाहेक सबै मारिए । उसलाई सामान्य चोट मात्र लाग्यो । अरु सवारलाई पनि त्यतिमात्रै हुनु पर्ने थियो । तर, उनीहरुले ज्यानै गुमाए । प्रष्टै छ, दुर्घटनाको कारणले हैन ‘डर’को कारणले उनीहरु मरे । के भएको थियो, त्यसको पत्तो नै थिएन रक्स्याहालाई र त उनी डराएनन् । अनि मरेनन् । कथाको सन्देशले भन्छ, मान्छेलाई संसारले कम, डरले बढी मार्छ ।

 

के हो त डर ? अंग्रेजीमा यसलाई फियर  भनिन्छ । जसलाई यसरी बुझ्दा हामीलाई फाइदै फाइदा हुन्छ  ।

एफ–फल्स (झुट्टा)

ई–इभिडेन्स ( प्रमाण)

ए–एपियरिङ ( जुन हामीलाई लाग्छ)

आर–रियल (सत्य)

 

फियर अर्थात् झुटा कुराहरु जुन हामीलाई सत्य लाग्छ । त्यसैको परिणाम हो, डर । यस कुराको बैज्ञानिक आधार पनि होला त ? छ । पश्चिमी अन्वेषकहरुले केही समय यता डरसम्बन्धी केही तथ्यांक अघि सारेका छन् । हामीलाई जुन जुन कुराको डर हुन्छ, जस्तै, मलाई क्यान्सर जस्तो भयंकर रोग लाग्यो भने ! जाँचमा पास नभएर बर्वाद भएँ भने ! खानसमेत पाइएन भने ! यस्ता मस्तिष्कमा चौविसै घण्टा चल्ने अधिकांश डरको कुनै अस्तित्व नै हुँदैन । अर्थात् ८७ प्रतिशत हाम्रो डर कहिल्यै सावित हुँदैन । यसको मतलब हो हामी प्रायः ती कुराको लागि चिन्तित हुने गर्छौं जुन जीवनमा प्रायः घट्दै घट्दैन । अर्थात् हाम्रा अधिकांश चिन्ताको वैज्ञानिक धरातल नै हुँदैन । हामी विज्ञानमा विश्वास राख्छौं । तर, हाम्रा चिन्ता अवैज्ञानिक छन् ।

 

रह्यो १३ प्रतिशत डरको कुरा । ती यस्ता कुरा हुन् जुन हामीले चाहे पनि रोक्न सक्दैनौं । जस्तै मरिएलाकी भन्ने डर, बुढो भैइएलाकी भन्ने डर, असफल होलाकी भन्ने डर, त्यस्तै अरुले धोका देला कि भन्ने डर इत्यादि । १३ प्रतिशत यस्ता घट्ना छन् जुन हामीले चिन्ता गरेर पनि रोक्न सकिँदैन । हो न हार दैव नटार भनेको यही हो ।

 

‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’

 

‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक ।’(देवकोटा

 

देवकोटाले व्यक्त गरेझैं सपना महान हुनै पर्छ । अतः आफूले सोच्ने ८७ प्रतिशत डर हुँदै हुँदैन भने १३ प्रतिशत नकारात्मक घटना रोकिँदैन । त्यसैले यसको चिन्ता गर्नुको पनि कुनै तुक छैन । स्मरण रहोस् उपरोक्त कथामा वयलगाडा खसेर मान्छे मरेका हैनन् । मरिएलाकी भन्ने चिन्ता गरेकाहरु सवै मरेका हुन् । जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।

 

मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।

 


थप समाचार

एनसिसी साइप्रसले नेपालीलाई राहत दिँदै

  • 55 seconds ago
एनसिसी साइप्रसले नेपालीलाई राहत दिँदै

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ ।

आमाको मृत्यु भएको भनी पास लिएपछि...

  • 21 minutes ago
आमाको मृत्यु भएको भनी पास लिएपछि...

काठमाडौँ । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको

एनआरएनले १ करोड ६२ लाख बराबरको सामग्री सरकारलाई हस्तान्तरण गर्ने

  • 32 minutes ago
एनआरएनले १ करोड ६२ लाख बराबरको सामग्री सरकारलाई हस्तान्तरण गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।