Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालतेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै


काठमाडाैँ । पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा यही डिसेम्बर २०, २१ र २२ अर्थात पुस ५, ६ र ७ गते हुने सम्मेलनमा समग्र नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि गर्न सकिने प्रयासका बारेमा छलफल हुनेछ ।

सन् २००३ देखि नै शुरु भएको सम्मेलन औपचारिक रुपमा यसअघि पहिलो सम्मेलन सन् २०१३ र दोस्रो सन् २०१९ मा भएको थियो ।

पूर्व प्राथमिक तहका कक्षाहरुदेखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताए ।

बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाइ हुने उद्देश्यसहित मन्त्रालयसँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उनको भनाइ छ ।

शिक्षा क्षेत्रका सात जना अन्तर्राष्ट्रियस्तरका विदेशी विज्ञसहित झण्डै पाँच सय जना शिक्षाकर्मीको सभागितामा हुने सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे छलफल गरी नेपाल सुहाउँदो शिक्षण र सिकाई विधिमा जोड दिइने छ । आउने दिनमा देशका सातवटै प्रदेशमा सम्मेलन आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष दीक्षितले बताए ।

सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणका लागि सम्मेलन उपलब्धिमूलक हुने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले नेपालमा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र नेपालको भावी शिक्षा प्रणालीलाई एउटा सकारात्मक मोड दिन सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक, भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्तन, पूर्वप्राथमिक शिक्षा, पढाइ र सिकाइ विषयमा छलफल हुने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT