ISMT

HUB Education

बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

बर्दिवास । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

 

जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको पानी बाढीले धमिलिएपछि घरघरमा जडान भएका धारामा लेदो धमिलो पानी झर्ने गरेको छ । पानी धमिलिएपछि अब कसरी खानेपानीको व्यवस्था गर्ने चिन्ताले गृहिणी पिरोलिएका छन् ।

 

‘अब खानेपानी कसरी व्यवस्था गर्ने होला ?’, बर्दिवास–२ बुद्धचोककी गृहिणी मञ्जु परियारले दिक्दारिँदै भनिन्, ‘हुनेखाने सम्पन्नता भएका जार र सिल बोतलका पानी (मिनरल वाटर) ल्याउँछन्, हामी गरीबले अब घाँटी भिजाउन पनि धमिलो पानीकै सहारा लिनुपर्ने भयो ।’ बर्दिवास १, २, ३ र १४ मा खानेपानीको आपूर्ति गर्दै आएको साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले मुहानमा बाढीले पानी धमिल्याएको हुँदा समस्या भएको स्वीकार गरेको छ । 

 

‘के गरौँ जुन पानी सङ्कलन गरेका छौँ, त्यसको मुहान नै धमिलिएको छ’, संस्थाका अध्यक्ष भोला खड्काले भने, ‘मुहान सङ्ल्याउन प्रयत्न थालिए पनि लगातारको बाढीले पानी धमिल्याएको छ ।’ मुहानमा पानी ल्याउन ओछ्याइएको पाइपको मुखमा छानेर शुद्ध पानी ल्याइने व्यवस्था मिलाइएको भए पनि बाढीले धमिल्याएको पानी नै पाइपमा आएपछि धारामा धमिलो पानी झरेको खड्काको भनाइ छ । अब वर्षा कम भएसँगै नदीको मुहान सङ्लिँदै गएको खड्काले बताए । 

 

यसबाहेक ४ र ५ वडाको माईस्थान, ८ को हाथीलेट तथा १० र ११ को खयरमारामा पनि खानेपानी सङ्कलन गरिने नदी र खोल्सीका मुहान धमिलिएको हुँदा स्वच्छ खानेपानी आपूर्तिमा समस्या परेको ती बस्तीका खानेपानी उपभोक्ता संस्थाले जनाएका छन् । यसबाहेक इनारबाट खानेपानी आपूर्ति हुँदै आएका बर्दिवास–६ र ७ को किसाननगर, ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरामा पनि बाढीको लेदो इनारभित्र पस्दा खानेपानीको समस्या परेको बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले स्वीकार गरे । 

 

‘बाढी र डुबानको समस्याले खानेपानीमा समस्या आएको छ’, गौतमले भने, ‘तत्काल पानी तताएर निर्मलीकरण गर्न सबैले तत्परता देखाउन पर्‍यो, हामी यसको निदान खोज्न लागिपरेका छौँ ।’ नगरपालिका कार्यालयले विभिन्न संस्थाको समन्वयमा घरघरमै पानी निर्मलीकरण गर्ने चक्की पुर्‍याउने तयारी गरेको गौतमको भनाइ छ । 

 

बर्दिवासका अतिरिक्त गौशाला र भङ्गाहा नगरपालिकामा पनि खानेपानीमा सङ्कट परेको छ । खानेपानीका धारा, इनार र चापाकल खानेपानीका स्रोत रहेका दुवै नगरपालिका क्षेत्रमा अहिले चापाकल चाहिँ बालुवा थुप्रिएर थुनिएका र इनारमा लेदो पसेर पानी धमिल्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । गौशाला नगरक्षेत्रमा जडान भएका खानेपानीका धारामा पनि मुहान धमिलिँदा लेदो पानी झर्ने गरेको गौशाला नपाको लक्ष्मीनियाँ बटुवा बस्तीका सूर्यनारायण महतोले बताए । 

 

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिने चापाकल र आर्टिजिन बोरिङको पानी नधमिलिए पनि धेरैजसो ठाउँमा अझै चापाकल र आर्टिजिन बोरिङको मुख डुबानमै रहेकाले समस्या भएको छ । बर्दिवासमा खानेपानीको सङ्कट बढेसँगै खानेपानीका जार र सिल पानीका बोतलको बिक्री ह्वात्तै बढेको छ । स्वास्थ्य सचेतना भएका र पानी किन्न रकम जुटाउन सक्नेले यस्तै पानी किनेर खानपिउन प्रयोग गरेका छन् । पानीको माग बढेसँगै बर्दिवासचोकमा पानीको जारको १०० र एक लिटर पानीको बोतलको ५० रुपैयाँसम्म व्यापारीले लिने गरेका उपभोक्ताको गुनासो छ ।

 

बाढी र डुबान समस्यासँगै पानीका अतिरिक्त अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकासिएको छ । आपतविपद्कै बेला गुणस्तरहीन सामान पनि उपभोक्ता लिन बाध्य देखिएका छन् । यस्तो बेला बजार अनुगमनलाई पनि राहत उद्धार कार्यक्रमको अङ्ग नै बनाएर सरकार र सम्बद्ध निकायले काम गर्नपर्ने बुद्धिजीवीले सुझाएका छन् । (रासस)


थप समाचार

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 22 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 37 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 1 hour ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।