पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

Education Park

पर्वत । जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो । 

 

स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ । 

 

लोजान युनिभर्सिटीले विभिन्न देशको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ‘सिस्मोमिटर’को जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहनुभएको छ । विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमै यन्त्र जडान गरिएको उनले बताए ।

 

नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि रु एक लाखभन्दा बढी खर्च हुन्छ । विद्यालयमा यन्त्र जडान गरेपछि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई भूकम्पका बारेमा अध्ययन गर्न र अन्य विषय अध्ययन गर्ने विद्यार्थी पनि यस विषयमा जानकार हुन पाउने विद्यालयका प्रअ राजकुमार शर्माको भनाइ छ । 

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 1 hour ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।