IIMS College

ISMT

HUB Education

राहत शिक्षककाे आन्दोलन फिर्ता, सरकारसँग भयाे यस्ताे सहमति

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । 

 

केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । 

 

सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् । 

 

मन्त्रालय र शिक्षक समितिबीच  ‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक÷खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने’ सहमति भएको हो । 

 

सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख छ । ती शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए । 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक र खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख भइसकेको थियो ।


थप समाचार

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  • 2 minutes ago
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिल

स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

  • 7 minutes ago
स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ले आइतबार एक विज्ञप्ति जा

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

  • 10 minutes ago
सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।