ISMT

HUB Education

११ महिनामा ७० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेशीए, ३७ अर्ब ६७ करोड बाहिरियो

  • आइतबार, ५ साउन, २०७६
  • 4 weeks ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढ्दा पछिल्लो १० महिनामा मात्रै ३७ अर्ब ६७ करोड रुपैयाँ विदेशिएको छ । त्यस्तै, पछिल्लो ११ महिना भित्रमा ७० हजार विद्यार्थी उच्च शिक्षाको खोजीमा विदेशीसकेका छन् ।

 

उच्च शिक्षाको लागि विद्यार्थीमात्रै गएका छैनन् उनीहरुले मोटो रकम विश्वविद्यालयको शुल्कमा पनि खर्च गरेका छन् । गत साउनदेखि वैशाखसम्म विदेश पढ्न जाने विद्यार्थीले ३७ अर्ब ६७ करोड रुपैयाँ विदेश लगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत वर्षको यही अवधिमा विद्यार्थीले ३० अर्ब २१ करोड रुपैयाँ विदेश लगेका थिए । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा ६५ हजार विद्यार्थी उच्च शिक्षा तथा व्यवसायीक शिक्षाको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, कोरिया, जर्मर्नी, फिनल्याण्ड गरी ७२ राष्ट्रमा गएका थिए । 

 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाका अनुसार आर्थिक वर्ष ०७३–७४ मा २१ अर्ब ८३ करोड नेपाली रकम शिक्षाका लागि नेपालबाट बाहिरिएको थियो । त्यस्तै आर्थिक वर्ष ०७४–७५ मा मात्रै २७ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो । 

 

पढाइको लागि विद्यार्थी धमाधम विदेश जान थालेपछि नेपालबाट बाहिरिने रकम ७ वर्षमा चार गुणाले बढिसकेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार २०६६÷६७ पछि पहिलो पटक अहिले वर्षीक रुपमा सोधानान्तर घाटामा जाने अवस्था देखिएको छ । यसरी सोधानान्तर घाटालाई मदत पुर्याउने पक्षहरुलाई हेर्दा नेपालीको वैदेशिक भ्रमण खर्च पनि महत्वपूर्ण पाटोको रुपमा आएको छ । वैदेशिक भ्रमण खर्चमा पनि विदेशमा शिक्षाको लागि जाने खर्च पनि बढ्दो क्रममा छ ।

 

विदेशमा पढाइसँगै काम गर्न सकिने भए पनि काम गरेर कमाएको खर्च पनि दैनिक गुजारा खर्च तथा शैक्षिक शुल्कमा नै खर्चिने गरेका छन् । त्यसोत, कतिपय देशहरुमा विद्यार्थीहरुले तोकिएको समयभन्दा बढी समय काम गर्न पाउने अवस्था पनि छैन । कतिपय नेपाली विद्यार्थीहरु अवैधानिक तवरले पनि बसिरहेका छन् । कतिपयले त्यहाँको शैक्षिक संस्थालाई तिर्नुपर्ने शुल्क पनि तिर्न सकिरहेका छैनन् त कतिपयले सस्तो शुल्क भएको शैक्षिक संस्थाबाट शिक्षा लिँदै तुलनात्मक रुपले धेरै कमाई गर्न सक्ने काम पनि गरिरहेका छन् । भिसा पाउने बहानामा राम्रो र महँगो शैक्षिक संस्था छान्ने तर, त्यहाँ पुगेपछि उक्त शैक्षिक संस्थालाई लत्याएर पैसालाई महत्व राख्ने विद्यार्थीको संख्या पनि बढ्दो मात्रामा रहेको बिभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरुको छाता संगठनले बताउँदै आएका छन् । यसो हुँदा नेपालीहरुको छवीमाथी समेत दाग लागेको उनीहरु बताउँछन् । 

 

यसरी विद्यार्थीहरु धमाधम मोटो रकम खर्चेर विदेश जाँदा सरकार मौन बसेको भनेर शिक्षाविद्हरुले आलोचना पनि गरेका छन् । विद्यार्थीहरु भने नेपालका विश्वविद्यायलको शैक्षिक गुणस्तर राम्रो नभएको साथै पढेपछि काम नपाउने अवस्था समेत रहेकोले उनीहरु विदेशिन बाध्य भएको कन्सलटेन्सी सञ्चालकहरुको भनाई छ । 

 

एकातिर सरकार आर्थिक समृद्धिको नारा लिएर हिडिरहेको अवस्थामा यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने अर्थविद्हरुको भनाई छ । विद्यार्थीहरुलाई विदेश जानबाट रोक्नको लागि गुणस्तरिय शिक्षामा ध्यान दिने, विश्वविद्यालयमा राजनीति गर्न नदिने साथै रोजगारीका अवसर सिर्जना गर्न सके यस्तो प्रवृत्ति रोकिने उनीहरुको भनाई छ । 

 

त्यसो त, पछिल्लो समय विदेशी विश्वविद्यालयहरुको सम्बन्धन लिएर नेपालमा कलेजहरु संचालन हुँदै आइरहेका छन् । नेपालमा संचालन भइरहका ती कलेज संचालकहरुले न्यून शुल्कमा नेपालमै गुणस्तरिय शिक्षा प्रदान गरेको बताउँदै आएका छन् । 

 

साथै उनीहरुले नेपालमै विदेशी डिग्री दिएर पूँजि पलायलाई रोकेको दावी गर्दै आइरहेका छन् । विदेशका कलेजबाट सम्बन्धन लिएर चलाउँदा विद्यार्थीहरुको पढाईमा कुनै ढिलाई नहुने साथै समयमा नै नतिजा पनि आउने भएको कारणले नेपाली विद्यार्थीहरुको आकर्षण नेपालमै विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर संचालन हुने कलेजहरुमा बढेको उनीहरुको भनाई छ । यस्ता खालका कलेजहरु नेपालमा अझै स्थापना भएको खण्डमा पूँजि पलायन रोक्न सकिने उनीहरुको तर्क छ । 

 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।