IIMS College

ISMT

HUB Education

एजुकेशन पार्क “द–पायनीयर” अन्तराष्ट्रिय अवार्डमा मनोनित पहिलो नेपाली कम्पनी

  • सोमबार, १६ आषाढ, २०७६
  • 2 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपालको एक अग्रणी शैक्षिक परामर्श सेवाप्रदायक कम्पनी “एजुकेशन पार्क” एजुकेशन एजेन्सी अफ द ईयर विधामा “द–पायनीयर अवार्ड – २०१९” को लागि मनोनित भएको छ । यो अवार्ड शिक्षा क्षेत्रको ठूलो अन्तराष्ट्रिय सम्मान हो । 

 

उज्ज्वल भविष्यका निम्ति उच्च शिक्षा अध्ययनको सपना बोकेका विद्यार्थी तथा तिनका अभिभावकका लागि बिगत लामो समयदेखि काठमाण्डौ स्थित सिभिल मलमा रहेको एजुकेशन पार्कले भाषा कक्षा तथा शैक्षिक परामर्श सेवा दिदै आएको छ । शिक्षाका लागि विश्वमै उत्कृष्ट मानिने अस्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका गन्तव्यहरुका निम्ति यसले परामर्श दिने गरेको छ । 

 

पछिल्लो समय शैक्षिक परामर्श सेवा व्यवसायले व्यवसायिक गति लिदै गर्दा पनि यस क्षेत्रको बजार धमिलो र केही उतारचडावयूक्त अवस्थामा छ । 

 

यस्तो विषम परिस्थितिमा संयमताका साथ आफ्नो व्यवसायमा केन्द्रित भएर एजुकेशन पार्कले आफ्नो गति लिएको छ । एजुकेशन पार्क स्वच्छन्द रहेको हुँदा नै आम विद्यार्थी तथा अभिभावकको नजरमा आकर्षक तथा विश्वसनीय संस्थाको रुपमा आफ्नो छाप छोडेको छ । फलस्वरुप एजुकेशन एजेन्सी अफ द ईयर विधामा “द–पायनियर अवार्ड २०१९” को दाबेदार भएको हो ।

 

नेपालमा शैक्षिक परामर्श सेवा क्षेत्रमा स्वदेशी कम्पनीसँगै विदेशी कम्पनीहरु पनि अहिले त्यतिकै मात्रामा भित्रिरहेका छन् । तर एजुकेशन पार्क विशुद्ध नेपाली कम्पनी हो जो यसरी अन्तराष्ट्रिय स्तरको अवार्ड समारोहमा मनोनित भएको छ । यसरी मनोनयनमा पर्ने यो नेपालकै पहिलो कम्पनी पनि हो । 

 

यो समारोह “द पाई” नामक एक स्वतन्त्र कम्पनीद्वारा २०७० साल देखि प्रत्येक वर्ष आयोजना गरिँदै आएको कार्यक्रम हो । अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा रहेका प्रोफेसनलहरुको विश्वव्यापी समुदायलाई एकै परिधिमा बाँध्ने हेतुले स्थापित “द–पाई” ले “द–पाई न्युज”, “द–पाई रिभ्यु”, “द–पाई जब्स”, “द–पाई प्लस” र “द–पाई ब्लग” जस्ता भिन्न–भिन्नै कार्यक्रमहरु संचालन गर्दछ । 

 

द पाई अवार्डसले भने अकोमोडेसन प्रोभाईडर, डिजिटल इनोभेसन, एजुकेशन एजेन्सी लगायतका १६ विधामा उत्कृष्ट संघ–संस्थाहरुलाई हरेक साल सम्मानित गर्दछ । आफ्नो पेशागत विषय तथा समाजमा उत्कृष्ट योगदानका आधारमा आवेदनमा परेका विभिन्न व्यक्तित्व तथा संघ संस्थाहरुलाई सम्मान गरिने यस समारोहलाई शिक्षा क्षेत्रको सर्वोच्च कार्य मानिन्छ । यो समारोह अन्तराष्ट्रिय शिक्षा क्षेत्रको “ओस्कार” नै हो भन्छन् एजुकेशन न्युजिल्यान्डका जेनेरल म्यानेजर पल ईर्विन । 

 

यस वर्षको उत्कृष्ट शैक्षिक परामर्शदाताको विधामा नेपालको एजुकेशन पार्क सगैं विभिन्न मुलुकका अरु ६ वटा संस्थाहरु पनि मनोनयनमा परेका छन् । उक्त विधामा सयौंको संख्यामा आएका निवेदनहरु लाई उछिन्दै आफ्नो कम्पनी उत्कृष्ट ७ मा पर्न सफल भएकोमा गौरवान्वित हुँदै कम्पनीका कार्यकारी निर्देशक बिराज पाण्डे भन्छन् – “यो मनोनयन हाम्रो लागि र सम्पूर्ण विशुद्ध नेपाली शैक्षिक परामर्शदाता कम्पनीहरुको लागि एउटा ठूलो उपलब्धि हो । यस मनोनयनको मुख्य सूचक चाहि एजुकेशन पार्कले आफ्नो नियमित व्यवसायलाई सही ढंगले संचालित गर्दै यो भन्दा पर गई शिक्षा उद्योग तथा समाजको हितका निम्ति गरि आएका योगदान नै जस्तो मलाई लाग्छ । एजुकेशन पार्कले केही समय अघि मात्रै विदेश अध्ययनमा जाँदा आईपर्ने चुनौतिहरु थपिंदै गईरहेको अवस्थामा अभिभावक वर्ग पनि सही रुपमा सूसुचित रहनु पर्ने आवश्यकतालाई पहिचान गर्दै “प्यारेन्ट्स ईन्फर्मेशन सेसन” को आयोजना गरिएको थियो । 

 

त्यस्तै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विदेश अध्ययनका अलावा करियर डेभलपमेन्टका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिने गरेको छ । साथै विद्यालय स्तरमा हुने विभिन्न उपयोगी कार्यक्रमहरुमा समेत एजुकेशन पार्कको उपस्थिति तथा योगदान रही आएको छ । 

 

कम्पनीले आफ्नो व्यवसायको दायित्वका साथसाथै शिक्षा क्षेत्र बाहेक “स्टोरी टेलर्स नेपाल” “आइडिया स्टुडियो”, “डिबेट स्टार”, “नेपाल आईडल” जस्ता युवा वर्गको विकासका लागि संचालित कार्यक्रमहरुमा पनि आफ्नो अमूल्य सहभागिता देखाईसकेको छ । 

 

लण्डनको गिल्ड हालमा सेप्टेम्बर १९ मा हुन गैरहेको “द–पायनियर अवार्ड्स समारोह २०१९” मा सबै १६ विधाका विजेताहरुको घोषणा गरिने छ । त्यस दिनको नतिजा जस्तो आएपनि विश्वभरबाट आवेदन आउने द–पायनियर अवाडर््समा फाइनलीस्टको रुपमा एउटा विशुद्ध नेपाली कम्पनी पर्नु मात्र पनि गर्वको विषय हो । लामो समयदेखि नेपाली विद्यार्थीको भविष्य निर्माणको पाटोमा जिम्मेवारमूलक सेवा दिएर आम विद्यार्थी र अभिभावकहरुको मन जित्न सकेकोले नै आजको या उपलब्धि हात परेको हो, संचालक पाण्डेले बताए । 

 


थप समाचार

असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

  • 1 minute ago
असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ ।

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

  • 12 minutes ago
एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घो

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

  • 12 minutes ago
अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।