गृहपृष्ठ ∕
खेल ∕
नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि
काठमाडौँ । घरेलु टाेली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे उपाधि जितेकाे छ ।
ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गाेलले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा दुई गाेल थप्याे । बङ्गलादेशका लागि खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इस्लामले गाेल गरे । यस्तै खेलकाे ५४औं मिनेटमा गाेयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गाेल गरे । नेपालका लागि खेलकाे ८१औं मिनेटमा समिर तामाङले एक गाेल फर्काए ।
बङ्गलादेशले पहिलाे पटक साफकाे उमेर समूहकाे उपाधि जितेकाे हाे । यसअघि तीन पटकसम्म फाइनलमा पुगेकाे बङ्गलादेश उपाधिविहीन थियाे । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेकाे थियाे ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे