IIMS College

ISMT

HUB Education

बार्सिलोनाले बर्खास्त गरेपछि प्रशिक्षक भालभर्देले यसो भने...

  • मंगलबार, २९ पुष, २०७६
  • 5 days ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले बर्खास्त गरेका प्रशिक्षक अर्नेष्टो भालभर्देले आफ्नो बसाई सुखद् भएको बताएका छन् । क्लबले बर्खास्त गरेपछि पत्रकारहरुसँग कुरा गर्दै भालभर्देले आफ्नो बार्सिलोना बसाईमा विजयी तथा उपाधि पाएकोले आफू खुसी रहेको प्रतिक्रिया दिएका हुन् । 

 

उनले भने ‘बार्सिलोनाको प्रशिक्षकबाट म बाहिर रहेको छु । साढे दुई सिजनको बसाई निकै उतारचढावपूर्ण रह्यो । उक्त समयमा मैले धेरै खुसी पाएँ । विजयी तथा उपाधिको हिसावले पनि ठिक रह्यो । त्यस्तै, मेरो समय कठिन पनि रह्यो ।’

 

त्यस्तै, भालभर्देले बार्सिलोना बसाईको क्रममा क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई पनि धन्यवाद् दिएका छन् । उनले क्लबका पदाधिकारी, सम्पूर्ण खेलाडी तथा समर्थकहरुले आफ्नो बसाईभरी साथ दिएकोमा धन्यवाद् दिएका हुन् । 

 

उनले भने ‘म खेलाडीहरुलाई पनि धन्यवाद दिन चाहान्छु । चार उपाधि उनीहरुकै मेहनतको कारण सम्भव भएको हो । त्यस्तै, नवनियुक्त प्रशिक्ष सेटियनलाई पनि शुभकामना छ । सबैजनालाई अंगालोमा बाँध्दै भिस्का बार्सा, भिस्का क्याटालोनिया ।’

 

 

बार्सिलोनाका नवनियुक्त प्रशिक्ष क्विके सेटियनले आफ्नो जिम्मेवारी मंगलबारबाट सम्हालेका छन् । उनी आफ्नो टिम एडर साराबिया (सहायक प्रशिक्षक), जोन पास्कुए (गोलकिपर प्रशिक्षक) तथा फ्रान सातो (फिटनेश प्रशिक्षक)सहित बार्सिलोनाको अभ्यास सत्रमा उपस्थित भएका हुन् ।


थप समाचार

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

  • 5 minutes ago
आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

  • 8 minutes ago
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

  • 19 minutes ago
यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।