IIMS College

ISMT

HUB Education

फेसबुक कत्तिको चलाउनुहुन्छ ? यस्ता गम्भीर कुराहरुलाई पनि ख्याल गर्ने कि ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हामी प्रायः बालबच्चाहरुले कम्प्युटर तथा मोबाइल बढी नचलाउन सचेत गरिरहेका हुन्छौं । तर आफैं भने कत्तिको समाजिक सञ्जालमा लिप्त भईरहेका छौं भन्ने ख्याल गरिरहेका हुन्नौ । उनीहरुलाई खबरदारी त गर्छौं तर हामी आफैंले अत्यधिक मात्रामा सामाजिक सञ्जालको प्रयोग गर्दा उनीहरुमा पर्ने असरको बारेमा सोची रहेका हुँदैनौं ।

 

उक्त सर्भेक्षणले सामाजिक सञ्जालमा आमाबुबा लिप्त हुँदा यसले बालबच्चाका लागि खतरामात्र होइन उनीहरुको ज्यान समेत जानेसक्ने खतरानाक स्थिति पैदा गर्ने निश्कर्ष निकालेको छ ।

 

युनिभर्सिटी अफ मिसिगन र इलियन स्टेट युनिभर्सिटीमा भएको एक प्रयोगमा जुन बच्चाका आमाबुबामा फेसबुक जस्ता समाजिक मिडियाको नशा छ उनीहरुका बालबच्चामा आत्महत्या जस्तो खतरनाक प्रवृति बढ्ने गरेको पाइएको छ ।

 

यो रिपोर्टले सबै आमाबाबुलाई एकपटक झक्झकाएको छ । अनुसन्धानमा बालबच्चाहरुको त्यो स्थितिको लागि जिम्मेवार मानिएको छ ।

 

मिसिगन युनिभर्सिटीमा व्यवहार विशेषज्ञ तथा बाल रोग विशेषज्ञ एवम् प्रमुख अनुसन्धानकर्ता जेनी रेडेस्की भन्छिन्, ‘यस्ता अभिभावकहरुका बच्चामा अचानक आवेगमा आउने आशंका हुन्छ । बच्चा र प्रविधिको बीच समय बाँढिने कारण आमाबाबु स्वयम् बच्चाहरुको मानसिक स्थितिप्रति ध्यान दिन महत्व दिईरहेका हुन्नन् ।’ उनीहरु आफू सामाजिक सञ्जाल प्रयोग गरिरहेको बेला बच्चासँग बारम्बार झर्किरहेका हुन्छन् ।

 

सन २०१६ मा कमन सेन्स् मिडिया रिपोर्टका अनुसार आठ वर्षदेखि १८ बर्षका बच्चाका ४८ प्रतिशत अभिभावकसँग गरिएको अनुसन्धानमा उनीहरु बच्चाहरुसँग बिताउने समयमा दिनमा तीनदेखि चार पटक बच्चाहरुसँग झर्किएको पाइयो ।

 

२४ प्रतिशतका अनुसार यस्तो व्यवहार दिनमा दुई पटक भएको पाईयो भने १७ प्रतिशतका अनुसार स्मार्टफोन र कम्पुटरका कारण एक पटक यस्तो व्यवहार गरेको पाइयो भने कूल ११ प्रतिशतका अनुसार यसबाट उनीहरु र बच्चाहरुको समयमा कुनै अबरोध भएको पाइएन ।

 

स्मार्टफोनबाट बच्चाहरुलाई टाढा राख्दा फाइदा पनि भएको छ । ओहायो स्टेट युनिभर्सिटीका ह्यूमन साइन्स एन्ड साइकोलोजीका प्रोफेसर सारा स्कोप सलिवनले फेसबुक आजभोली आमा बन्दै गरेका महिलाहरुको मानसिक स्वास्थ्यमा खतरानाक बनिरहेको छ ।

 

अर्को एक तथ्यले के बताएको छ भने फेसबुकमा लिप्त हुनु अनुवंशिक कारण पनि जिम्मेबार रहेको छ । लण्डनको किंग्स् कलेजका विशेषज्ञले चार हजार दुइ सय ५० जुम्ल्याहा बच्चाको अनलाइन गतिविधिको एक अध्ययनमा यो कुराको पुष्टी भएको हो । उनीहरुले सोसल मिडियाको लतमा ३९ प्रतिशतसम्म अनुवांशिक कारण जिम्मेवार हुने पत्ता लगाए । विशेषज्ञहरुले यसबाट सोसल मिडियाको नशा बाहिरी नभई कतिपय अवस्थामा अनुवंशीक गुणका कारण पनि हुने गरेको बताएका छन् ।


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 5 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 9 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 10 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।