IIMS College

ISMT

HUB Education

वल्के पर्वको रौनक सुदूरपश्चिममा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

धनगढी । पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर मनाइने ‘वल्के चाड’ सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासपूर्वक मनाइदै छ । भाद्र सङ्क्रान्तिमा मनाइने यो पर्वको तयारीस्वरुप आज प्रत्येक घरमा मीठामीठा खानाका स्थानीय परिकार पकाउने तयारीका लागि गृहणीलाई भ्याइनभ्याइ हुन्छ । 

 

काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आ–आफ्नो घर फर्किन थालेका छन् । यो पर्वमा आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको ‘गाभा’अर्थात कलिलो पात, साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको छ ।

  

वल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी  लाउन, बावर, माणा, निसौसे, गतानी डुब्कालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यो पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

   

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हात खुट्टा रङ्गाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । सांस्कृतिक पर्व ‘ओल्के’मा सार्वजनिक बिदा दिनुपर्ने यहाँका जनताको माग रहँदै आएको छ ।

  

दियौँदेखि मानाइदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आउनुभएका हरिप्रसाद जोशी बताउँछन् । सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 7 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।