IIMS College

ISMT

HUB Education

भिषण आगलागीले १० हजार घरबारविहीन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

 

ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताए ।बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरे । अश्रुपुरित स्वरमा उनले भने, ‘मेरो केही रहेन । अब के गर्ने होला ?’  

 

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको थिएन । तर थुप्रै मानिस घाइते भएका छन् ।यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

 

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना थियो भने । निकै भिडभाड भएको यस बस्तीमा १० हजारभन्दा बढी मजदूरको आश्रय थियो । बस्तीसँगै रहेको स्कुल पनि ईदका कारण पाँच दिनका लागि छुट्टी थियो । 

 

“हामीले बस्तीमा रहेका मानिसलाई खाना, पानी, घुम्ती शौचालय, र बिजुलीको आपूर्ति व्यवस्था गरेका छौं,” मिरपुर नगरका कर्मचारी शफिउल आजमले बताए । उनले बस्तीका मानिसलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिए ।

 

केही परिवारले भने मनसुनी वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन्, तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे भएको छ । विज्ञहरुका भनाईमा सुरक्षा व्यवस्थामा कडाई नगरिएका कारण बंगलादेशमा आगलागीका घटना भइरहने गरेका छन् ।यसै वर्षमात्र भवनहरुमा भएको आगलागीबाट कम्तीमा १०० जनाको ज्यान गइसकेको छ । 

 

सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो । उक्त घटना पश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरबाहीका कारण मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो ।सन् २०१० मा निम्तोलीको बस्तीमा भएको अर्को त्यस्तै भिषण आगलागीबाट १२३ जनाको ज्यान गएको थियो ।  


थप समाचार

हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

  • 14 minutes ago
हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

एजेन्सी । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक म

‘याद आउँछ बेसरी’ सार्वजनिक

  • 23 minutes ago
‘याद आउँछ बेसरी’ सार्वजनिक

काठमाडौँ । गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेको ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतको शब्द गणेश गुरुङले तयार पारेका हुन् भने संगीत गायिका

ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

  • 24 minutes ago
ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।