IIMS College

ISMT

HUB Education

म्याक्सवेललाई सन्दीपको प्रश्न ‘तपाई यही ग्रहबाट आएको हो ?’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलको प्रदर्शन निकै शानदार छ । उनको ब्याटिङ कौशलको चर्चा राम्रो भइरहेको छ । अष्ट्रेलियन क्रिकेट लिग बिग बास लिगमा उनी मेलवर्न स्टार्सका कप्तान हुन् । उनै म्याक्सवेल पछिल्लो खेलमा शानदार प्रदर्शन गरे । 

 

उनले शुक्रबार भएको रेनेगाडेसविरुद्ध ४५ बल फेस गर्दा ८३ रन जोडे । उनैको उच्च गोगदानमा मेलर्वनले उक्त खेल मेलवर्नल खेल ८ बल बाँकी छँदै ७ विकेट जित्यो । सो खेलमा म्याक्सवेल ‘म्यान अफ द म्याच’ समेत बने । 

 

खेलपछि मेलवर्नबाटै खेल्ने नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक ट्वीट गर्दै म्याक्सवेललाई प्रश्न गरे ‘तपाई साँच्चै राम्रो हुनुहुन्छ । तपाईले प्रहार गरेका केही सटहरु एकदमै गज्जवको थियो । मलाई एउटा प्रश्न सोध्न मन लाग्यो तपाई साँच्चै यही ग्रहको हो ?’

 

म्याक्सवेलले पनि उनलाई जवाफ दिइहाले ‘तपाई जहाँ हुनुहुन्छ म पनि उही ग्रहको हो लिजेण्ड । अझै प्रतिभावान् भइराख्नुहोस् ।’

 

 

म्याक्सवेलले जारी बिग बासको ८ खेल खेल्दा ३११ रन जोडिसकेका छन् । उनले यसअघिको खेलमा पनि ३९ बल फेस गर्दा ८३ रन जोडेका थिए । उनको ब्याटिङ एभरेज पनि राम्रो छ । उनले खेलेको ८ खेलको विश्लेषण गर्दा उनको ब्याटिङ एभरेज ७७.७५ छ । म्याक्सवेलले जारी प्रतियोगितामा ३ वटा अर्धशतक प्रहार गरिसकेका छन् । 

 

हाल मेलवर्न स्टार्सले लिगको १ खेलमा मात्रै हार व्यहोरेर १४ अंक जोडेको छ । मेलवर्न लिगको शीर्ष स्थानमा छ ।


थप समाचार

'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

  • 1 hour ago
'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

एजेन्सी । शाहरुख खानको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए रु उनी गौरीको निकै नै दीवाना थिए । उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र ह

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

  • 1 hour ago
पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने

भाइरल ज्वरो र यसबाट बच्ने उपाय

  • 1 hour ago
भाइरल ज्वरो र यसबाट बच्ने उपाय

एजेन्सी । मौसम परिवर्तनसँगै भाइरलका कीटाणु सक्रिय हुने गर्दछन् । जसका कारण भाइरलका बिरामी धेरै भेटिन्छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।