धन्दालाई गुपचुप बनाउन मन्त्री विष्टको नयाँ शैली

काठमाडौं । मलेशियामा रोजगारीका लागि कामदार पठाउने विषयमा सरकारले कारबाही गरेका मेनपावर माफियाहरुसँग भित्रभित्रै साँठगाँठ गरेका कारण चौतर्फी आलोचना खेपेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो धन्दालाई गुपचुप बनाउन प्रचारको नयाँ शैली अपनाएका छन् ।

 

सरकारमै रहेका मन्त्री तथा विपक्षी नेपाली कांग्रेसका नेताहरुले समेत मन्त्री विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा परेको आरोप लगाइरहेका छन् । त्यसबारेमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, मंगलबार ट्राफिक नियम पालना गरेको भनेर विष्टले अन्धभक्तहरुलाई सामाजिक सञ्जालबाट प्रचार गर्न निर्देशन दिएको मन्त्री निकट स्रोतले बतायो ।

 

मंगलबार थापाथली चोकमा रातो बत्तीको जाममा बसिरहेको समयमा मन्त्री विष्टको गाडी देखिएको थियो । काठमाडौंमा अहिले ट्राफिक जाम ह्वात्तै बढेको छ, मन्त्री विष्ट मात्र होइन, धेरै मन्त्रीहरु जाममा पर्ने गरेका छन् । मन्त्री विष्ट जाममा बस्नु कुनै नौलो कुरा होइन । तर, जाममा बसेको सामान्य विषयलाई लिएर मन्त्री विष्टको सामाजिक सञ्जालमा प्रचार हुँदा दश हजार कामदारहरुको भविष्यको बारेमा भने अन्यौल कायम छ ।

 

मलेशिया सरकारसँगको सम्झौतापछि कामदार पठाउन कागजी सम्झौता भएको छ । तर व्यवहारमा मन्त्रीकै कारण लागु भएको छैन ।

 

भेन्डर संस्था संचालन गर्दै आएका व्यक्तिलाई हटाएर बायोमेट्रिक, भीएलएन, आइएससीजस्ता संस्था आफ्नो हातमा पार्न श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने धुनमा गिरोह नै लागेको छ ।

 

जसका कारण अहिले मलेशिया रोजगारीका लागि भिसा लागेका कम्तिमा १० हजार कामदार जान पाएका छैनन् । मलेसिया पठाउने म्यानपावर कम्पनीका सञ्चालकले मन्त्री विष्टको यसैकारण आलोचना गरिरहेका छन् । श्रम स्वीकृति नलिदै भिसा अबधि सकियो भने कामदार दोहोरो खर्चको मारमा पर्ने बताइन्छ ।

 

यतिखेर सामाजिक सुरक्षा कार्यक्रमका विषयमा नै सरकार विवादमा तानिएका बेला मलेशियाको विषयलाई पनि नेताहरूले उठाउन थालेका छन् । यति ठूलो आरोप लाग्दा मन्त्री विष्ट मौन छन् ।

 

स्रोतका अनुसार एक मेनपावर व्यबसायीको स्वार्थमा मन्त्री विष्ट लाग्दा कामदारहरुको भविष्य अन्यौलमा परेको हो । मलेशिया रोजगारीका क्रममा ठगी भएको भन्दै श्रममन्त्री विष्टले रोजगारीमा पठाउने विभिन्न संस्थाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका थिए । भेन्डर संस्था भनेको रोजगारीमा पठाउने विभिन्न प्रकारका संस्था हुन् । बायोमेट्रिक स्वास्थ्य जाँच, भीएलएन, आइएससीलगायतका संस्थाले मलेशियामा कामदार पठाउँदै आएका थिए । आज प्रकाशित युनाइटेड पोष्टबाट ।


थप समाचार

सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

  • 2 minutes ago
सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

चीनको एउटा कम्पनीले आफ्नो कामदारको लागि अनौठो नियम ल्याएको छ । मेडिकल सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीले कामदारलाई सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गर्न आदेश दिएको छ ।

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 17 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 20 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।