Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्। महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। यो निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ। बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT