'यो पनि ५ वर्षको सरकार हो, अरू २,३ वर्ष यसैगरी अझै पर्खिदा के नै पो बित्ला र ?'

पर्खेकै पर्खीः मैले पंचायती व्यवस्था कालमा पढें। पंचायती व्यवस्थामा जागिर सुरू गरें । बहुदल आयो कृष्णप्रसाद भट्टराई प्रम बने, अब प्रशासनमा व्यापक सुधार होला भन्ने विश्श्वास पलायो । 

 

मुलुक अब समृद्ध होला भन्ने आश जगायो । नयाँ बहुदलीय संविधान आयो, प्रशासनमा शल्यक्रिया गरियो तर अफसोच रोगी अपांग बन्यो । 

 

स्थिति आज सुध्रेला, भोलि सुध्रेला भन्दै दिनहरू बिते, भ्रष्टाचारले रेकर्ड तोड्न थाल्यो । चिरन्जीवी, जयप्रकाश, गोविन्दराज, खुमबहादुर प्रवृत्तिको जन्म हुदै गयो । कति लुकेर, कति हाकाहाकी, कति लेभीका नाममा, कति चन्दाका नाममा सर्वत्र भ्रष्ट प्रवृत्ति हाबी हुदै, दह्रो बन्दै गयो । कर्मचारी सरूवा, जिम्मेवारी तोकाई, राजनीतिक नियुक्ति र अन्य सबै काम बिना लेनदेन, बिना प्रिपेड वा पोष्टपेड नगरी संभव हुन छाड्यो , भएन । 

 

योग्यता र क्षमताको मापदण्ड नै फेरिए । यिनै माहौलमा माओबादी जनविद्रोह १० वर्ष चल्यो । राजाले सत्ता लिए । तर, भ्रष्टाचारलाई निर्मूल गर्न हैन, विगतका व्यवस्था भत्काउन वा सत्ताधारीलाई बढार्न सबै स्यालहुईयाँ गर्दै गए ।

 

माओबादीसमेत सरकारमा आयो, नयॉ संघीय गणतान्त्रिक संविधान पनि बन्यो तर मुलुकको मूल समस्या भ्रष्टाचार र यसका कारण अबिकासको उल्मुलन आकाशको फल बन्दै गएको छ ।

 

गणतन्त्र र सघीय व्यवस्था चलाउनै पनि यति पैसाको खोलो बगाउनुपर्ने भयो कि अब धनाढ्य र भ्रष्टबाहेक सर्वसाधारणका निम्ति यो व्यवस्था दुरूह बनिसकेको छ । छ्यालब्याल पैसा खर्च गर्न नसक्नेले वडाध्यक्ष सम्म पनि जित्न नसक्ने अवस्था छ ।

 

नेता र कर्मचारीलाई अहिले यति धेरै पैसा चाहिने भएको छ कि तिनले पाए भने गुहुमा डुबेको पैसा पनि टिप्छन्, लाज, घिन, डर, नैतिकता सबै क्रमशः सखाप भएको र नयॉ मुल्ला झन् प्याज धेरै खाने हुन थालेको देखिन्छ ।

 

यसैबीच म दुई वर्ष अघिदेखि संघीय गणतान्त्रिक व्यवस्था आएपछि स्थानीय चुनाव सम्पन्न भएपश्चात सेवानिवृत्त भइसकेको छु ।

 

अब यो व्यवस्थामा यी यस्ता समस्याको समाधान कसरी होलारु यसमा चिन्तन गर्न झन् जरूरी देखिन्छ ।

 

अहिले नेकपा बामपन्थी दलको दुईतिहाई बहुमत भएको सरकार बनेको पनि करिब १७ महिना बितिसकेको छ, आजसम्म रूपान्तरणका कुनै छनक देखिदैन। पर्खनुबाहेक केही उपाय पनि छैन, जसरी विगतमा ३० वर्ष पंचायतलाई पर्खियौं, त्यसपछि ३० वर्ष बहुदललाई पर्खियौ। ६०–७० वर्षदेखि पर्खेका पर्ख्यै छौं  । यो पनि ५ वर्षको सरकार हो, अरू २,३ वर्ष यसैगरी अझै पर्खिदा के नै पो बित्ला र ?

 

 

फेसबुक लिंक

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 3 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।