सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने

  • बिहीबार, २९ फागुन, २०७६
  • 2 months ago
  • नेपाल

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ । चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । 

 

“शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ”, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा खतिवडाले जानकारी दिए । 

 

थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले खुलाउनु भएन । सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए । उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिनुभयो । भिसा रोकिएपछि स्वतः कटौती हुने उनले बताए । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा डब्लुएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो । छिमेकी मुलुक भारतमा पनि संक्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका प्रवक्ता डा खतिवडाले जानकारी दिए । 

 

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उहाँले जानकारी दिए । पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सचर्कता अपनाउने निर्णय भएको थियो ।

 

थप पूर्वतयारीमा सरकार

 

अहिलेसम्म मुलुकमा कुनै सङ्क्रमण भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेसन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय बैठकले गरेको छ । 

 

“पूर्वतयारी स्वरुप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना वस्तीभन्दा पर तयारी गर्ने निर्णय भएका छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ”, मन्त्री डा खतिवडाले भने । आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने गरी तयारी थाल्ने बैठकको निष्कर्ष छ । 

 

पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ । मन्त्री डा खतिवडाले भने, “कुनै समस्या आएमा तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ, अहिले नै बन्द गर्ने निर्णय भने भएको छैन ।” 

 

उनले सरकारकातर्फबाट सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफैँ पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिए । समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 11 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 24 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।