IIMS College

ISMT

HUB Education

ग्रीसद्वारा जमानतको यात्राको अन्त्य भएको घोषणा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एथेन्स, ग्रीस । ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मङ्गलबार बताएका छन् । 

 

ग्रीसको आर्थिक सङ्कट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकम उनले भने, “अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौँ ।” 

 

इओनियाली टापू इथाकामा टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिएको भिडियोमा उनले थपे, “आजको दिन ऋणबाट मुक्तिको दिन हो तर यो नयाँ युगको सुरुवात पनि हो ।” इथाका टापू ग्रीक कवि होमरको प्रसिद्ध अभिनेता युलिसेसको घर भएको विश्वास गरिन्छ । 

 

सिप्रासको भाषणमा होमरको महाकाव्यमा वर्णन भएका दैत्य तथा दुःख सम्बन्धी प्रशस्त उद्धरणहरूलाई समावेश गरिएको छ । 

 

ग्रीसको तेस्रो र अन्तिम आर्थिक सहायता कार्यक्रम अन्त्य भएको भोलिपल्ट ग्रीक प्रधानमन्त्री सिप्रासले बताए, हाम्रो देशले आफ्नो भाग्य तथा भविष्यको निर्णय लिने अधिकारलाई पुनः प्राप्त गरेको छ । ग्रीसले आधुनिक कालको ‘अडिसी’ (ग्रीक पुराणमा वर्णन भएको ग्रीकहरूको सङ्कटको कथा जुन आठौँ इशापूर्वमा ग्रीसले सामना गरेको विश्वास गरिन्छ) को सामना गर्दै अघि बढेका छौँ । 

 

सेतो शर्टमा सङ्कटको सामना गरिरहेको व्यक्तिजस्तै टापूमा रहेको चट्टानमाथि उभिएरै रेकर्ड गरिएको भाषणमा उनले सङ्कट मोचनका लागि ग्रीसले करिब ७५ अर्ब अमेरिकी डलर ऋण लिएको बताउँदै उक्त समयमा लामो तथा स्थिर खालको सङ्कटको सामना गरेको स्मरण गरे । 

 

सङ्कटबीच नेतृत्व सम्हालेका ४४ बर्षीय प्रधानमन्त्रीले भन्नुभयो, गत महिनामा करिब १०० जनाको मृत्यु हुनेगरी लागेको डढेलोपूर्व ग्रीसले आफूलाई गरीबीको रेखाबाट उठाउने अभ्यास गरिरहेको जनाउँदै उक्त डढेलो राज्यलाई पुनः पीडा दिएको बताए । 

 

सङ्ख्यामा प्रतिपक्षीभन्दा दश सदस्य बढी रहेको अनुदारवादी समूहद्वारा पिछा गरिरहेका सिप्रासले आगामी दिनमा मन्त्री परिषद्को पुनर्गठन गर्ने योजना ल्याएको चर्चा भएपनि सम्बोधनमा उहाँले यसबारे केही बताएनन् । 

 

निर्वाचनको समय आउन अझै एक बर्षभन्दा बढी रहेका समय प्रधानमन्त्रीले सन् २०१९ को शुरुमा नै निर्वाचन गर्ने योजना रहेको अनुमानहरू व्यक्त गर्न थालिएको छ । 

 

ग्रीसले जमानतको लामो यात्राबाट औपचारिक रूपमा सोमबारदेखि छुटकारा पाएको बताइएपनि आर्थिक विश्लेषकहरूले अझै ग्रीसको सङ्कट पूर्णरूपमा अन्त्य भैनसकेको बताउँदै आएका छन् । 

 

यूरोपेली संघ, यूरोपेली केन्द्रीय बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषले ऋणले सङ्कटग्रस्त ग्रीसलाई सन् २०१०, २०१२ र २०१५ मा गरी तीन चरणमा ३ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएर आर्थिक सङ्कट टार्न सहयोग गरेका थिए । 

 

सम्बोधनमा प्रधानमन्त्री सिप्रासले भन्नुभयो, ग्रीस अब जमानतबाट गुज्रने दिनको अन्त्य भएको छ र उक्त अवधिमा भएका त्यागले ग्रीसको प्रजातन्त्रलाई परीक्षण गरेको र सफलता दिलाएको बताए। 

 

उनले भने, “अब ग्रीस कहिल्यै पनि घाटा र आर्थिक सङ्टतर्फ धकेलिने छैन ।” 

 

सिप्रासले इथाका टापूमा गएर गरेको सम्बोधन सन् २०१० मा प्रधानमन्त्री रहेका जर्ज पापान्द्रेउले गरेको अभ्यासको पुनरावर्तन हो । 

 

उक्त समय तत्कालिन प्रधानमन्त्री पापान्ड्रेउले ग्रीकहरूले नयाँ अडिसीको सामना गरिरहेको बताएका थिए । 


थप समाचार

गोतामकोट गाउँ !

  • 2 minutes ago
गोतामकोट गाउँ !

रुकुम (पश्चिम) । गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ ।

जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

  • 14 minutes ago
जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

एजेन्सी । भारतमा वाराणसीमा रिक्शा चलाएर परिवार पाल्ने डोमरी गाउँका मंगल केवटको घरमा खुसी छाएको छ ।

‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

  • 21 minutes ago
‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् । कर्णाली



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।