ISMT

HUB Education

अमेरिकी ग्रिन कार्डमा नयाँ नियम, यस्ता सेवा लिएका व्यक्तिलाई ग्रिनकार्ड नदिइने

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । अमेरिकाले गरिब आप्रवासीहरूका लागि भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न थप कठिन हुने नीति ल्याउने तयारी गरेको छ ।

 

नयाँ नियम अनुसार, राम्रो आम्दानी नहुने वा गर्न नसक्ने व्यक्ति तथा परिवारले ग्रिन कार्ड प्राप्त गर्न सक्ने छैनन् । फुट स्टाम्प, आवास सुविधा र सरकारी सुविधा सहितको इन्सोरेन्स जस्ता सरकारी सुविधा लिने गरेका र अमेरिकामा राम्रो आम्दानी नहुनेलाई यो व्यवस्थाले मर्का पार्ने बताइएको छ । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले सोमबार नयाँ भिसा नियम जारी गरेको हो । 

 

यो नीति आगामी अक्टोबरबाट लागु हुने भनिएको छ । यो नियमले कम आम्दानी हुने लाखौं आप्रवासी प्रभावित हुने छन् । फेडरल रजिस्टारले प्रकाशित गरेको सुचनामा भनिएको छ, “ग्रिन कार्ड आवेदन दिने व्यक्ति आफ्नो खुट्टामा आफै उभिएको हुनु पर्नेछ । उ परिवारका सदस्य, स्पोन्सर र निजी दातामा आश्रित हुनुहुँदैन ।”

 

मिडिया रिपोर्टमा भनिएको छ,‘ यो नियम ग्रिन कार्ड आवेदक मात्र नभएर अन्य भिसामा पनि लागु हुनेछ । यो नियमको आधारमा अमेरिकी सरकारलाई भार पर्ने देखिएको खण्डमा भिजिट भिसा लगायत सबै भिसा आवेदन अस्वीकार गर्न सकिने छ । यो नियमले आधाभन्दा बढी ग्रिन कार्ड आवेदन अस्वीकार गर्ने खतरा छ ।’

 

ट्रम्प सरकारले सन् १९८२ को ईमिग्रेसन ऐनको आधारमा यो नयाँ नियम ल्याएको हो । उक्त ऐनमा सरकारी सुविधा लिन सक्नेलाई ईमिग्रेसन अधिकृतले भिसा नदिन सक्ने प्रावधान थियो । अहिले उक्त प्रावधानलाई ग्रिन कार्ड नदिन सक्ने पनि बनाईएको हो ।

 

यो नियमले अमेरिकी ग्रिन कार्डको प्रकृयामा रहेका तथा भविष्यमा ग्रिन कार्ड आवेदन गर्ने नेपाली पनि प्रभावित हुने छन् । गत मेमा प्रकासित एक प्रतिवेदन अनुसार, अमेरिकामा नेपालीको सरदर कमाई दुईहजार पाँचसय डलरको हाराहारीमा छ । कैयन नेपालीले मेडिकल, फुड स्टाम्प र अन्य सुविधा लिएका छन् ।


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।