ग्रीनवीच भलिबल परिवारले बेलायतव्यापी भलिबल प्रतियोगिता गर्दै

  • बुधबार, १३ चैत, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । साउथ ईस्ट लण्डनस्थित ग्रीनवीच भलिवल परिवारले बेलायतव्यापी भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो मे महिनाको ५ तारिख आइतबार वुल्वीचको रोयल आर्टिलरी ब्यारेकमा प्रतियोगिता गर्न लागिएको छ । 

 

प्रतियोगितामा सहभागिताका लागि बेलायतभरका सम्पुर्ण नेपाली खेलाडी तथा टोलीहरुलाई आव्हान गरिएको छ । प्रतियोगितामा १५ वटा टोलीसम्मको सहभागिता रहने अपेक्षा आयोजकको छ । 

 

लिग कम नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा विजेतालाई १ हजार २ सय ५० पाउण्ड र रनर अपलाई ८ सय पाउण्ड नगद पुरस्कार तथा शिल्ड पुरस्कार दिइनेछ । प्रतियोगितामा सहभागी हुने टोलीले १५० पाउण्ड प्रवेश शुल्क बुझाउनुपर्नेछ ।

 

प्रतियोगितामार्फत स्थानीय नेपाली युवाहरुलाई एकताबद्ध गर्ने, स्वस्थ रहन सहयोग गर्ने तथा नेपालको राष्ट्रिय खेललाई विदेशका नेपालीहरुमाझ पनि संरक्षण गर्दै जाने लगायतका लक्ष्य राखिएको आयोजक समुहका उक अगुवा विनोद ज्ञवालीले बताए । 

 

ग्रीनवीच भलिबल परिवारको तर्फबाट प्रतियोगिता आयोजना हुन लागेको यो पहिलोपटक हो । तर यो समुहमा आबद्ध युवा तथा खेलाडीहरुले विगतका वर्षहरुमा पनि चाल्र्टन, प्लमस्टिडमा प्रतियोगिता गर्दै आएका थिए । 

 

प्रतियोगितामा भाग लिन ईच्छुक टोलीहरुले आयोजक समुहका खड्क रेश्मी 07832251853 , कमल राना 07883995576 , विनोद ज्ञवाली  07577471820 , रविन्द्र रोका 07506682599 , चन्द्र पुन 07428787487 लगायतलाई सम्पर्क गर्न सक्नेछन् । 

 

प्रतियोगितामा स्पोन्सर तथा सहयोग गर्न चाहने स्थानीय व्यवसायी तथा समाजसेवीहरुलाई पनि आयोजकलाई सम्पर्क राख्न आग्रह गरिएको छ । 

 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 8 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 21 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।