गृहपृष्ठ ∕ नेपाल ∕ मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्युमुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २३ गते, ०८:३२ मा प्रकाशित नेपाल काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।मुग्लिङ बाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो ।दुर्घटनामा ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरु मध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने राज बहादुर गुरुङको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएको बताइएको छ । #दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ७ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदानThe Film Nepal