IIMS College

ISMT

HUB Education

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • सोमबार, ६ असोज, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका लागि संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको स्थल घान्द्रुक पुगेको हो ।

 

घान्द्रुक पुगेको टोलीले त्यहाँ रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरुसँग अन्तरक्रियासमेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा पच्यु खेगी गुरु चित्रबहादुर गुरुङले हालसम्म गुरुङहरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा कोही कसैले चासो नदिइरहेको बेला अमेरिकामा बसोवास गर्ने गुरुङहरुले यसका बारेमा चासो देखाएको भन्दै प्रशंसा व्यक्त गरे । 

  

गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको बताउँदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्वारा पूजाआजा गरिने बताए । घ्याप्री खेगीका तर्फबाट बोल्दै खेगी आसबहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनै पनि लिखित प्ये नरहे तापनि वोन्पोलमको भने प्ये रहे तापनि पछिल्लो समय युवा पुस्ताहरुले यस बारेमा जानकारी नभएको बताए । 

 

नयाँ पुस्ताले चासो नदेखाउँदा लोप हुने अवस्था पुगिरहेको सन्दर्भमा ढिलै भए पनि अमेरिकामा बसोवास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकामा खुशी व्यक्त गर्दै उनले सम्पूर्ण गुरुङ एकजुट भएर आफ्नो संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।  चोगी किसम गुरुङले वोन वादी गुरुङको संस्कारलाई समयक्रमअनुसार रुपान्तरण गर्दै वोन्पोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्ने बताए । 

 

संयुक्त गुरुङ समाज अमेरिकाका अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहँदा आफूहरुले आफ्नो जातिको संस्कारहरुका बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पाँच सदस्यीय टोली अध्ययन अनुसन्धानका लागि नेपाल आएको बताए । गुरुङको उद्गम थलो क्होलासोथर नजीकै रहेको सिक्लेसबाट शुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हुँदै घान्द्रुक आइपुगको बताउँदै लम्जुङ, चितवन हुँदै भारतको सिक्किम र दार्जलिङ लगायतका स्थानमा पुग्ने बताए । 

 

घान्द्रुकका मिमबहादुर गुरुङ, पूर्णमान गुरुङ, जगन गुरुङ, वैशबहादुर गुरुङ लगायतले वोन धर्म र संस्कारका बारेमा जानकारी दिए । उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, समाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, सञ्चारकर्मी सहज गुरुङ र सल्लाहकार गङ्गाराम गुरुङ लगायतको सहभागिता थियो ।


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 5 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 9 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 9 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।