IIMS College

ISMT

HUB Education

बेलायतकी महारानीले के भनिन् नाति ह्यारीलाई ?

  • सोमबार, २८ पुष, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । 

 

महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ । 

 

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो । 

 

बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए । 

 

ह्यारीका पिता तथा युवराज चाल्स र उनका भाई विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका छन् ।  

 

मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरुले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ । 

 

महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडी नै क्यानडा जानु भएको थियो । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उहाँहरुले त्यस्तो घोषणा गरेका थिए । 

 

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरवार श्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् ।  

 

राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवारको छलफल भएको हो ।


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 1 minute ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।