हनीट्र्याप काण्ड– नेतादेखि ब्यापारीसम्मलाई आफू रसियन बताउँदै जालमा पार्थे

काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशको राजधानी भोपालबाट हनीट्र्याप प्रकरणमा पक्राउ परेका महिलाहरुसँग जोडिएका नयाँ–नयाँ किस्साहरु बाहिरिरहेका छन् । यसै गिरोहको एक महिलाले शिकारलाई जालमा फसाउनका लागि स्वयं आफूलाई रसियन बताउँदै आफ्नो गोह्रो रुपरंगलाई हतियार बनाउँदै आएकी थिइन् । ती महिलाले आफ्नो गोह्रो रुपरंग बनाउन निकै माहिर मानिन्थिन् ।

 

सुत्रका अनुसार अनुसन्धानका क्रममा गोह्री भएकै कारण उनले आफू रसियन बताउँदा पनि मान्छेहरुले पत्याउने गर्दथे, जसको कारण उनी सजिलै आलिशान होटल र पार्टीहरुमा जाने गर्दथे । ती महिलाले आफ्नो कपाललाई पनि रसियन लुक्सनै बनाएकी थिइन् । साथै रसियन महिलाहरुको जस्तै कपालको कलर पनि मिलाउँदै आएकी थिइन् ।

 

त्यस्तै जानकारी अनुसार ती महिलाले कयौं पटक आफ्नो आँखामा नीलो रंगको लेन्स पनि लगाउदै आएकी थिइन् । जसको कारण उनी रसियन महिला जस्तै देखिन्थिन् । यसै कारण भारतीय नागरिकहरुको नजर ती नक्कली रसियन महिलामाथि पर्दथ्यो ।

 

उक्त गिरोहकी ती महिला विभिन्न पार्टीहरुका जाँदा छोटो लुगा लगाएर जाने गर्दथिन्, ताकि जो–कसैलाई उनी भारतीय नागरिक हुन् भन्ने लाग्दैनथ्यो । रसियन नागरिक नभएकै कारण कयौं पटक झुटो बोल्नुपरेको उनले बताएकी जनाइएको छ । 

 

छिमेकीहरुका अनुसार विहान मर्निङ वाल्क तथा जगिङमा निस्कदा उनले सबैलाई अंग्रेजीमै ‘गुड मर्निङ’ भन्ने गर्दथिन् । उनको लाइफस्टाइलदेखि लिएर कपडा लगाउने तरिकासम्म हाईप्रोफाइल नै थियो । उनलाई देखेर उनकी छिमेकीहरु जहिल्यै पनि भ्रममा रहँदै आएका थिए ।

 

ठूलाबडाहरु, नेता, कर्मचारी र व्यवसायीहरुलाई आफ्नो सुन्दर रुपरंगको जालमा फसाएर ब्ल्याकमेल गर्दै आएका गिरोहको भण्डाफोर गर्दै  इन्दोर र भोपालका प्रहरीको साथमा एटीएसले आरती दयाल, मोनिका यादव, श्वेता जैनलगाएत अन्य चार महिलाहरुलाई पक्राउ गरेको थियो । यी समूहमा एक छात्रा पनि सामेल थिइन् ।

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 1 hour ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 2 hours ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 3 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।