IIMS College

ISMT

HUB Education

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । 

 

मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ । 

 

चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।” 

 

मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँ हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उहाँलाई बढीमा तीसबर्षसम्मको जेल सजाय माग गरिएको छ । 


थप समाचार

चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

  • 1 minute ago
चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

एजेन्सी । इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका मिडफिल्डर फिलिप्प कोउटिन्होलाई अनुबन्ध गर्ने च्छा देखाएको छ । बार्सिलोनाले सन् २०१८ मा कोउटिन्होलाई लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

  • 6 minutes ago
ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन्

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 15 minutes ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।