एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा सवा लाखमात्र संक्रमित– भारतीय स्वास्थ्यमन्त्री

एजेन्सी । भारतीय स्वास्थ्यमन्त्री डा हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताएका छन् । 

 

उनले भने– आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार संहालेपछि आज सम्बोधन गर्दै उहाँले सो जानकारी दिएका हुन् । 

 

उनले भारतले कोभिड १९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभाकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिएका थिए । उनले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताए ।

 

उनले भने– भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ । भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनए । उनले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताए । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।