भारत र पाकिस्तानबीचको खेल वर्षाको कारण प्रभावित हुने सम्भावना कति ?

  • आइतबार, १ आषाढ, २०७६
  • 1 month ago
  • खेल
Education Park

एजेन्सी । विश्वकप क्रिकेटको सबैभन्दा टाउको दुखाईको विषय हो ‘वर्षा’ । खराब मौषमकै कारण विश्वकपका चार खेलहरु प्रभावित भइसकेका छन् । आज विश्वकप क्रिकेटमा दुई चिरप्रतिद्धन्द्धी राष्ट्र भारत र पाकिस्तान वल्र्ड ट्राफोड क्रिकेट ग्राउन्डमा भारत र पाकिस्तानबीच खेल हुन लागेको हो । 

 

प्रतिक्षाको यस खेल पनि मौषमकै कारण रद्द हुने त होइन भन्ने शंका गर्ने अवस्था पनि छ । आइतबार बिहानदेखि वल्र्ड ट्राफोडमाथि बादलहरु रहेका छन् । मौषमको भविष्यवाणाी गर्ने कार्यालय ‘मेट फोरकास्टरर्स’ का अनुसार आज म्यान्चेस्टरमा वर्षा हुने सम्भावना प्रवल छ । मेटका अनुसार खेलको दोस्रो इनिङमा वर्षा हुने सम्भावना देखिएको हो । 

 

स्थानीय समय अनुसार आइतबार बिहान ९ बजे म्यान्चेस्टरको तापक्रम १३ डिग्री सेल्सियर रहेको थियो ।

 

विश्वकप क्रिकेटमा भारतले तीन खेल खेलिसकेको छ र भारतले तीन खेलबाट ५ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ भने पाकिस्तानले खेलेको चार खेलबाट तीन अंकमात्रै जोडेको छ । पाकिस्तान लिगको नवौं स्थानमा छ । 

 

वर्षाकै कारण अहिलेसम्म जारी विश्वकपका चार वटा खेल रद्द भइसकेको छ । श्रीलंका र पाकिस्तानबीच, दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको थियो भने त्यस्तै बिहीबारको लागि तय भएको भारत र न्यूजिल्याण्डबीचको खेल पनि वर्षाकै कारण रद्द हुन पुगेको थियो ।


थप समाचार

'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

  • 2 minutes ago
'सवारी नविकरण करको जरिवाना १०० प्रतिशत बढाउने होइन, बरु जनताको करले मोज गर्न छोड्नुस्'

मोटरसाइकलको कर तिर्नको लागि भनेर शुक्रबार बिहान चन्द्रागिरी नगरपालिका गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगियो । तर, कार्यालयमा पुगेपछि थाहा भयो कर तेब्बर तिर्नुपर्ने पो भएछ । अघिल्लो वर्ष जेठ

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

  • 12 minutes ago
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

  • 27 minutes ago
डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।