IIMS College

ISMT

HUB Education

आईएनईए अवार्डको तयारीमा ह्याब अ मोमेन्ट, के हो यो अवार्ड ?

  • बुधबार, २५ मंसिर, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतबाट सञ्चालित एक लोकप्रिय मिडिया 'ह्याब अ मोमेन्ट' ले आउँदो महिना एक अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । 

 

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा यो अवार्ड वितरण गर्ने कार्यक्रम छ । 

 

ह्याब अ मोमेन्टका निर्देशक नविन गुरुङका अनुसार बेलायतको नेपाली समुदायमा विशेष योगदान गरेका समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, पत्रकार, मिडियाकर्मी लगायतलाई विभिन्न १० विधामा अवार्ड दिइनेछ । त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गर्ने केहि बेलायतबासी नेपालीहरुलाई पनि विशेष सम्मान गर्ने उनीहरुको योजना छ । 

 

विभिन्न विधाका अवार्डको विजेता चयनका लागि सोहि क्षेत्रको अनुभव र विज्ञता भएकाहरुलाई राखेर जुरी कमिटी निर्माण गरिएको निर्देशक गुरुङले बताए ।  सोहि कमिटले पहिलो चरणमा अर्को साताभित्रै अवार्डका लागि नोमिनेसनमा पर्नेहरुको सर्ट लिस्ट सार्वजनिक गर्ने र अवार्ड समारोहमा विजेताको नाम घोषणा गर्ने तयारी छ । 

 

'यो अवार्ड कुनै प्रतिस्पर्धाभन्दा पनि समाजको लागि काम गर्नेहरुको लागि हौसला हो', निर्देशक गुरुङ भन्छन्, 'राम्रो काम गर्नेहरुको हौसला बढ्दै जाओस् र सिंगो समुदायलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना छ । अवार्डलाई निश्पक्ष र निर्विवाद बनाउन आफुहरु सचेत रहेको र सोहिअनुसार तयारी भइरहेको उनी बताउँछन् ।'

 

ह्याब अ मोमेन्टका निर्देशक नविन गुरुङ

 

ह्याब अ मोमेन्टको आयोजना रहने यो कार्यक्रममा एनआरएनए यूके र लेक्स लिम्बू डटकमका साथै चर्चित इभेन्ट आयोजकहरु जि नाईन इन्टरटेनमेन्ट र सिग्नेचर सर्पोर्टिङ पार्टनरका रुपमा रहेका छन् ।

 

'यो कार्यक्रम एनआरएनए यूकेले नै गर्न लागेको भन्ने गलत चर्चा बजारमा चलेको जानकारी हामीले पायौें' , एनआरएनए यूकेका युवा संयोजक समेत रहेका ह्याब अ मोमेन्ट निर्देशक गुरुङले भने, 'तर एनआरएनए यूके एक सर्पोर्टिङ पार्टनर मात्र हो । आयोजना ह्याब अ मोमेन्टको एकल हो ।'

 

आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नभएर कार्यसमितिको बैठकले अनुमोदन गरेरै एनआरएनए यूके सर्पोर्टिङ पार्टनर बन्ने निर्णय भएको गुरुङको भनाइ छ । 

 

कार्यक्रमको लागि आवश्यक खर्च व्यवस्थापनको लागि कुनै चन्दा नउठाइएको समेत उनले स्पष्ट पारे । खर्च कसरी जुट्छ त भन्ने प्रश्नमा उनको जवाफ छ, 'हामीले १ पेनी चन्दा उठाएका छैनौ र उठाउने पनि छैनौं । कार्यक्रम हेर्न आउने दर्शकले लिने टिकट, केहि कमर्सियल प्रायोजक र कम्पनीको आफ्नै लगानीबाट व्यवस्थापन गर्नेछौं ।'

 

तीन सय बढि दर्शकले हेर्ने अपेक्षा गरिएको कार्यक्रमको टिकट शुल्क १५ पाउण्ड राखिएको छ । अवार्ड वितरण कार्यक्रममा मनोरञ्जनका लागि केहि नृत्य तथा गीतसहितका आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछन् ।

 

कार्यक्रमसम्बन्धी सम्पुर्ण जानकारी आयोजक  ह्याब अ मोमेन्टको फेसबुक पेज मा उपलब्ध छ । 

 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।