दबाब बढेपछि इरानका लागि बेलायती राजदुतले देश छोडे

  • बुधबार, १ माघ, २०७६
  • 4 months ago
  • युके

काठमाडौँ । तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन् । 

 

“राजदूत रोबर्ट मकेयरले तेहरानलाई आफू स्वदेश फिर्ता हुने बिषय इरान सरकारलाई यस पहिले नै जानकारी गराउनुभएको थियो,” इरानी राष्ट्रिय समाचार संस्था (आईआरएनए) इरानी अधिकारीलाई उद्धृत गरी बुधबार जनाएको छ । 

 

कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले विदामा वा अन्य उद्देश्यका लागि स्वदेश फिर्ता हुनचाहेमा सरकारलाई सूचना दिई बाहिरिन सक्ने प्राबधान रहेको छ । “मकेयरले इरान सरकारलाई आफू लण्डन फिर्ता हुने बिषयमा पहिले नै जानकारी गराई सक्नुभएको थियो,” आइआरएनएले आफ्नो समाचारमा लेखेको छ ।

 

मङ्गलबार इरानी न्यायपालिकाका प्रवक्ता गुलामहुसेन इस्माइलीले इरानका लागि बेलायती राजदूत मकेयर सरकारविरोधी कार्यक्रममा ‘सहभागी भएको’ आरोप लगाउँदै उनलाई देश निकाला गर्नुपर्ने बताएका थिए ।

  

उनलाई गत शनिबार (जनवरी ११ गते) तेहरानमा यूक्रेनी विमानमा मारिएका व्यक्तिहरूको सम्झनामा आयोजित कार्यक्रम, जुन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो, मा सहभागी भै कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै इरानी अधिकारीहरूले पक्राउ गरी सोधपुछपछि रिहा गरेका थिए । इरानी अधिकारीले उहाँमाथि तेहरानस्थित एक विश्वविद्यालयमा विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी भै सरकारविरूद्ध गतिविधि गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

 

इरानी प्रहरीका उच्च अधिकारीले उनलाई पक्राउ गरेको तर सोधपुछका क्रममा बेलायती कूटनीतिज्ञ भएको जानकारी पछि रिहा गरिएको जनाएको थियो । कार्यक्रममा सहभागिता जनाएको आरोपमा सरकारले उहाँलाई पत्राचार गरी मङ्गलबार जानकारी लिएको थियो । 

 

उनले यूक्रेनी विमानमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा आफूलाई निमन्त्रणा भए अनुसार सहभागी भएको तर कार्यक्रम हुँदै गर्दा आक्रोशित भीडले कुनै छेउबाट सरकारविरोधी नारा लगाउन थालेपछि त्यहाँबाट निस्किएको बताएका थिए । आफूले एक सैलुनमा सेवाका लागि रोकिएका समय इरानी सुरक्षाकर्मीले एक्कासी पक्राउ गरी करिब आधा घण्टा सुरक्षा नियन्त्रणमा राखेको मकेयरले बताएका थिए । 


थप समाचार

भुल्केका थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्के

  • 11 minutes ago
भुल्केका थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्के

कोशी । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको क

अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

  • 33 minutes ago
अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पन

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

  • 38 minutes ago
रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

एजेन्सी । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।