NIC ASIA

ISMT

HUB Education

इटालीमा आँधीका कारण दश जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् । 

 

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् । 

 

आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए । 

 

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् । 

 

अधिकारीहरूले दिएको जानकारी अनुसार बर्षापछि मङ्गलबार गएको पहिरोले घर पुर्दा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको छ भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने भेनेटोमा एक व्यक्तिको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ । 


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 6 minutes ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 14 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 19 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।