Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु


रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बुधवार राति करिब सवा दश बजे भूकम्प पीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडा नम्वर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का ४६ वर्षीय लोकबहादुर शाही र उहाँको ४२ वर्षीया श्रीमती चुकी शाही, सोही गाउँका ५२ वर्षीया भर्दर सार्की, वडा नम्बर ८ बस्ने ४८ वर्षीया धनराम सार्की र ४७ बर्षीया निर्मला सार्की रहेका छन् । मृतकहरूको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याइएको छ ।

दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते हुनेहरूमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ निवासी ४१ वर्षीय खड्क बहादुर पुन, १४ वर्षीय दलबहादुर पुन, ४५ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की रहनुभएको छ । त्यसै गरी वडा नम्बर ८ कै ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन दुर्घटनामा परेर घाइते हुनुभएको छ ।

घाइते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT