IIMS College

ISMT

HUB Education

जापानमा बाढीको कहर, १९९ जनाको मृत्यु, स्थिति अझै भयावह

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

टोकियो । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ । 

 

जापान सरकारका प्रमुख प्रवक्ताले बुधबार सो जानारी दिनुभएको हो । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १९९ पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ । 

 

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

 

मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । 

 

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् । 

 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

 

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् । 

 

टोकियोको बाहिरी इलाकाहरुमा पनि अविरल मात्रामा वर्षा भएको छ । सो वर्षामा परी टोकियोमा नै कसैको ज्यान नगएको भए पनि पहिलेका तुलनामा पानीको मात्रामा भने बृद्धि भएको बताइएको छ । 


थप समाचार

उडिसा राज्यमा ३० अप्रिलसम्म लकडाउन !

  • 57 seconds ago
उडिसा राज्यमा ३० अप्रिलसम्म लकडाउन !

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । दैनिक ५०० भन्दा बढी संक्रमितहरु फेला पर्न थालेपछि विभिन्न राज्यले उच्च सतर्कता अपनाउन नयाँ नीति ल्याउने काम गरेका छन् ।

विद्यार्थीलाई राहत दिन नेपाल विद्यार्थी संघको माग

  • 8 minutes ago
विद्यार्थीलाई राहत दिन नेपाल विद्यार्थी संघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डेरा लिई बसेका तथा विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई राहत दिनुपर्ने बताएका छन् । अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर त्यस्ता खालक

सीजी इलेक्ट्रोनिक्सका सामग्रीहरूको वारेन्टी अवधि लम्बियो

  • 19 minutes ago
सीजी इलेक्ट्रोनिक्सका सामग्रीहरूको वारेन्टी अवधि लम्बियो

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले बिक्री गर्ने घरायसी सामग्रीहरूको वारेन्टी अवधि लम्बाएको छ । कम्पनीले एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्सेई तथा अन्य घरायसी सामग्रीको वारेन्टीमा म्याद थप गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।