IIMS College

ISMT

HUB Education

एल साल्भाडोरसँग चीनको कुटनीतिक सम्बन्ध, चीन र ताइवानबीच विवाद

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा गर्दै चीनको पछिल्लो कदम “अशिष्ट” रहेको प्रतिक्रिया दिए । 

 

“हामी चीनको जस्तो डलर कुटनीतिमा संलग्न हुन चाहन्नौं,” ऊ ले भने । एल साल्भाडोरले ताइवानसँग बन्दरगाह निर्माण परियोजनाका लागि “ठूलो धनराशी” माग गरेको थियो भन्दै मन्त्री ऊ ले भने, “यस्तो परियोजनाले दुबै मुलुक ऋणको बोझले थिचिने भएकाले हामीले स्वीकार गर्न मानेका थिएनौं ।” 

 

यो कदमसँगै ताइवानसँग दौत्य सम्बन्ध भएका मुलुकको संख्या १७ पुगेको छ र ताइवानसँग सम्बन्ध राखेकाहरु पनि चीनतर्फ ढल्किदै गएका छन् । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा रहेको दाबी गरिआएको छ । 

 

राष्ट्रपति चाई इङ–वेन शक्तिमा आएसँगै बेइजिङ र ताइपेईबीचको सम्बन्ध चिसिएको छ । राष्ट्रपति चाईले ताइवान “एक चीन” का रुपमा मान्यता दिन अस्वीकार गरिरहेका छन् । सन् २०१६ मा राष्ट्रपतिमा चाई निर्वाचित भएदेखि नै चीनले ताइवानका मित्रदेशलाई आफूतिर आकर्षित गर्ने नीति लिएको छ । 

 

चाईको राष्ट्रपतीय शासनकालमा ताइवानको कुटनीतिक सम्बन्ध एल साल्भाडोर सहित पाँच देशसँग विच्छेद भइसकेको छ, यसै वर्षमात्र तीन देशले ताइवानसँगको सम्बन्ध विच्छेद गरेका छन् । यसै वर्ष बुर्किना फासो र डोमिनिकन रिपब्लिकले ताइवानसँगको दौत्य सम्बन्ध त्यागेका थिए । 

 

ताइवान र चीन दुवैले विकासशील मुलुकहरुमा कुटनीतिक सम्बन्ध विस्तार गर्न विगतदेखि नै तानातान गरिरहेका थिए । कुटनीतिक मान्यताका लागि यी दुवै देशले आर्थिक सहायता र अन्य सहयोगको हात फैलाउँदै आएका छन् । 

 

राष्ट्रपति चाईको वर्तमान सरकारले ताइवानको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्ने प्रयत्न गरिरहेको छ तर विश्वमञ्चमा बेइजिङको तिब्र प्रभावले त्यो सम्भव हुन सकेको छैन । 

 

बेइजिङले अन्तर्राष्ट्रिय मञ्चहरुबाट ताइवानको उपस्थितिलाई एकपछि अर्को गर्दै हटाउँदै लगेको छ र ताइवानको वरिपरि सैनिक अभ्यासको क्रम बढाएको छ । 


थप समाचार

जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

  • 4 minutes ago
जब रिक्शा चालकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई छोरीको बिहेमा निम्तो दिए

एजेन्सी । भारतमा वाराणसीमा रिक्शा चलाएर परिवार पाल्ने डोमरी गाउँका मंगल केवटको घरमा खुसी छाएको छ ।

‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

  • 11 minutes ago
‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् । कर्णाली

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • 15 minutes ago
सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ई



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।