IIMS College

ISMT

HUB Education

आफ्नै बच्चाको टिमविरुद्ध अभिभावक मैदानमा उत्रिए

  • आइतबार, २६ फागुन, २०७५
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)का खेलाडीहरुविरुद्ध उनीहरुका अभिभावकले मैत्रिपूर्ण खेल खेलेका छन् । आइतबार ललितपुर सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा एकेडेमीका खेलाडी तथा अभिभावकबीच प्रतिस्पर्धा भएको हो । 

 

एकेडेमीका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकबीच खेल हुँदा उनीहरुबीचको दूरी अझै कम हुने साथै एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यस्तो कार्यक्रम जुनियर फुटबल एकेडेमीले हरेक तीन–तीन महिनामा आयोजना गर्दै आएको छ ।

 

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ । 

 

 

हाल जुनियर फुटबल एकेडेमीमा १४५ भन्दा बढी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । एकेडेमी काठमाडौँ उपत्यकाको बालुवाटार, सानेपा, पेप्सप्कोला, शान्तिनगरमा संचालन आइरहेको छ । एकेडेमीले जेहेन्दार, अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।


थप समाचार

रेड विकिनीमा दिशाको स्टनिङ लुक

  • 6 minutes ago
रेड विकिनीमा दिशाको स्टनिङ लुक

काठमाडौं । अभिनेत्री दिशा पटानी जहिल्यै पनि आफ्नो सुन्दरता र विकिनी लुकका कारण सँधै चर्चामा आइरहेका हुन्छन् । साथै उनको अभिनयले पनि उत्तिकै तारिफ पाइरहेको हुन्छ ।

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

  • 23 minutes ago
दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजालगाएत समस्यालाई निको पार्ने काम गर्छ ।

के तपाईमा पिसाब पोल्ने समस्या छ ? यस्ता छन् समाधानका उपाय

  • 35 minutes ago
के तपाईमा पिसाब पोल्ने समस्या छ ? यस्ता छन् समाधानका उपाय

काठमाडौं । यदि तपाईलाई पिसाब राम्रोसँग खुलेर नआउने अथवा पोल्ने समस्या छ, भने त्यसको कारण यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी मात्र



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजालगाएत समस्यालाई निको पार्ने काम गर्छ ।