IIMS College

ISMT

HUB Education

कलंकी अन्डरपास अन्तिम चरणमा, एक/दुर्इ सातामै खुल्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ । 

 

एक/दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ । 

 

आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए । 

 

कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको उनले सुनाए । उनले भने, ‘सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकाएर एक÷दुई सातापछि खुला हुनेछ ।’ 

 

निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा काम सक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । 

 

मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । उनी भन्छन्, ‘सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आएका छौँ ।’ 

 

कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । 

 

उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिएको छ । 

 

‘अण्डर पास’ निर्माण अरु सडकका तुलनामा महँगो पर्ने इञ्जिनीयर शर्मा अर्यालले बताए । उनी भन्छन्, ‘अण्डर पास निर्माणका लागि मात्रै कति खर्च भयो भन्ने यकिन नभए पनि तुलनात्मक रुपमा बढी लगानी परेको छ ।’ प्रविधि र लगानी दुबै हिसाबले अण्डर पास निर्माण कठीन छ । 

 

जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ । 

 

चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो ।


थप समाचार

यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

  • 7 hours ago
यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

  • 7 hours ago
यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

  • 7 hours ago
कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।